पार्टीको अडानबारे कार्यकर्तालाई प्रशिक्षित गर्न माघ ५ गते एमालेले बृहत कार्यकर्ता भेला गर्ने


ishworनेकपा (एमाले) स्थायी कमिटीको बैठकले यही २०७१ माघ ५ गते दिउँसो काठमाडौंमा बृहत् कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ । संविधान निर्माणमा उत्पन्न नयाँ जटिलता तथा जनअपेक्षा अनुरूप संविधान निर्माण गर्ने सम्बन्धमा पार्टीको दृष्टिकोण सार्वजनिक गर्न आयोजित उक्त कार्यक्रमलाई पार्टी अध्यक्ष केपी शर्मा ओली लगायत पार्टीका शीर्ष नेताहरूले संवोधन गर्नुहुने महासचिव ईश्वर पोखरेलले जानकारी दिनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्ष, कमलादीमा दिउँसो १२.३० बजे आयोजना हुने उक्त कार्यक्रममा अनिवार्य सहभागी हुन उपत्यकाका सबै पार्टी कमिटी र सङ्गठित सदस्यहरू, सबै जनसङ्गठनका पदाधिकारी तथा सदस्यहरू तथा सबै सम्पर्क कमिटी र मञ्चमा आवद्ध पदाधिकारी तथा सदस्यहरूलाई एमालेले आह्वान गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?