फ्रान्सेली समाचार साइटहरुमा ह्याकरहरुको चकचकी, डेढ घण्टासम्म अबरुद्ध बनाइयो पोर्टल
फ्रान्सका धेरै समाचार साइटहरू शुक्रबार त्यसका सञ्चालकले प्राविधिक समस्या भनी अवरुद्ध पारेपछि सुरक्षा विशेषज्ञहरूले त्यसमा सम्भावित इस्लामी ह्याक भएको आशङ्का गरेका छन् । बीस हजारभन्दा बढी फ्रान्सेली वेब साइटहरूमाथि आक्रमण भएको छ यसलाई फ्रान्सेली सेनाका साइबर–सुरक्षा विशेषज्ञहरूले सबैलाई थाहा भएको इस्लामी ह्याकरको काम भएको बताएका छन् । फ्रान्सको व्यङ्ग्यात्मक पत्रिका चार्ली हेब्दोमा जनवरी ७ मा जिहादीहरूले आक्रमण गरेपछि यी ह्याकरहरू सक्रिय भएको बताइएको छ । यस आक्रमणमा १२ व्यक्तिको मृत्युभएको थियो । ट्वान्टी मिनेट्स, लेक्सप्रेस, मेडियापार्ट, फ्रान्स इन्फो, फ्रान्स इन्टर, ली पेरिसियाँ, स्लेट, जीडीनेट तथा म्यारिने शुक्रबार १० बजे बन्द भएका थिए । केही वेबसाइट करिब डेढ घण्टामा पुनः सञ्चालन भएका थिए । एएफपीले सम्पर्क गर्दा वेब सञ्चालक ओक्सालाइडले वेबसाइटमा पूर्ण रूपमा पहुँच प्राप्त नभएसम्म यसका विषयमा टिप्पणी नगर्ने बतायो । यस घटनाबाट प्रभावित सीयुपी इन्टरएक्टिभ समूहका सम्पादकीय निर्देशक एमानुएल प्यारोडीले एएफपीलाई ओक्सालाइडले आफूलाई आरम्भमा सम्भवत ह्याकरले आक्रमण गरेको हुनसक्ने बताएको जानकारी दिए । उनले प्राविधिक गडबडी भएको हुनसक्ने सम्भावना पनि रहेको पनि जानकारी दिइएको बताए । केही अनलाइन सुरक्षा विशेषज्ञले यस कार्यका पछाडि आशङ्कित ह्याकर रहेको अनुमान गरेका छन् । केही समूहले जनवरी १५ मा यस्तो क्रियाकलाप गर्ने दाबी गरेको तर त्यसो नभएको उनीहरूले बताएका छन् ।