संविधान दिन युवाहरुले गरे यस्तो खबरदारी, विजुलीबजारबाट बानेश्वरसम्म अद्र्धनग्न जुलुस


?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????युवा सङ्घ नेपालले निर्धारित मितिमै संविधान जारी गर्न दबाबस्वरुप अर्धनग्न ¥याली निकालेको छ । सङ्घको कार्यालय बिजुलीबजारबाट निकालेको ¥याली नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । शरीरमा आधामात्र कपडा लगाएका युवाले माघ ८ मै संविधान जारी गर, जनताको अभिमतको सम्मान गर, जातीय राज्य चाहिँदैन, देश टुक्र्याउन पाइँदैन, ६०१ खबरदारलगायत नारा लगाएका थिए । कोणसभामा सङ्घका महासचिव राजीव पहाडीले दलहरूले आफ्नो घोषणापत्रमा माघ ८ मा संविधान जारी गर्छु भनी गरेको प्रतिबद्धता पूरा गर्नुपर्ने भन्दै एनेकपा—माओवादी र मधेसी दलले जनताको जनमतलाई कुल्चिन नहुने बताउनुभयो । जनताले दिएको जनमतलाई कदर गर्दै नेपाली काँग्रेस र नेकपा—एमालेले लोकतान्त्रिक र सर्वमान्य संविधान सके सहमतिबाट नसके प्रक्रियाबाट भए पनि समयमै जारी गर्नुपर्ने उहाँको जोड थियो । सङ्घले तोकिएको मितिमै संविधान जारी गर्न दबाबस्वरुप विभिन्न दबाबमूलक कार्यक्रमसमेत सार्वजनिक गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?