संविधानसभाको बैठक आज पनि विहानैदेखि, सम्वाद समितिको प्रतिवेदनमा धारणा राख्ने क्रम जारी
संविधानसभाको आजको बैठकमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनमाथिको छलफलमा भाग लिने सभासद्ले सहमतिको मार्गलाई छाडेर तथा शान्ति सम्झौताको मर्मलाई बिर्सेर बहुमतको आडमा पेलेर जबर्जस्ती प्रक्रियामा नजान ध्यानाकर्षण गराउनुभएको छ । उहाँहरुले सत्तारुढ दलका सभासद्ले माग गरेअनुसार प्रक्रियाका आधारमा छिटो संविधान ल्याउने नाममा आफूहरुलाई पाखा लगाउन खोजिए देशमा संविधान जल्ने र पुनः रक्तपात हुने चेतावनी दिनुभयो । संविधान बहुमतीयभन्दा सहमतीय रुपमा आउनुपर्छ भन्दै उहाँहरुले सत्तारुढ दलले गणितीय खेल प्रक्रियामा गई संविधान ल्याएमा त्यो मान्य नहुने बताउनुभयो ।सो समितिको प्रतिवेदनमा लामो समय बहस गर्नुको अर्थ नहुने ठानी सत्तापक्षीय न्यून सभासद्ले छलफलका लागि नाम टिपाउनुभएको थियो भने छलफल लम्ब्याएर सहमतिका लागि दबाब दिन एमाओवादी र मधेसवादीलगायत दलका अधिकांश सभासद्ले छलफलमा भाग लिनुभएको थियो । छलफलमा सभासद् रामनारायण बिँडारी, हितराज पाण्डे, प्रेमबहादुर सिंह, रामकुमार राई, यशोदाकुमारी लामा, राधादेवी तिमल्सिना, वीरेन्द्रप्रसाद महतो, गङ्गा चौधरी, डिल्लीप्रसाद काफ्ले, रुक्मिणी चौधरी, सरिताकुमारी यादव, रामकुमार राई, जनकराज जोशी, कर्णबहादुर विक, अकवाल अहमद साह, सूर्यप्रकाश बालाराई, धर्मेन्द्रकुमार साह, विमलकुमार केडिया, श्रीप्रसाद जगेबु, आशा चतुर्वेदी, योगेन्द्र चौधरी, कर्ण धिताल, रमणी राम, सत्यनारायण भगत, अजयशंकर नायक, सुरेन्द्र जयसवाल, मानपुर चौधरी, कमला दोङ, जुठबहादुर टुहुरे, धनमाया विश्वकर्मा, ललिताकुमारी रेग्मी, मोहम्मद जाकिर हुसेन, राधिका तामाङ, टेकबहादुर बस्नेत, जगतबहादुर बुढा, प्रतिक्षा तिवारी मुखिया, रामसिंह यादव, सुमित्रा थरुनी, मीलनकुमारी राजवंशी र वाङ्दी शेर्पा गरी ४५ जनाले भाग लिनुभएको थियो । सभाको आगामी बैठकमा पनि सोही प्रतिवेदनमा छलफल हुनेछ । संविधानसभाको अर्काे बैठक अहिले बिहान ८ः३० बजे बोलाइएको छ ।