दलहरुबीच सहमति जुटेन, प्रयत्न जारी राख्ने सहमति


sambidhanसंविधानका विवादित अन्तरवस्तुमा सहमति खोज्न बसेको प्रमुख तीन दलको बैठक शनिबार पनि बिनानिष्कर्ष सकिएको छ । संविधानसभा भवन नयाँबानेश्वरमा छोटो अवधि बसेको सो बैठकमा एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल अनुपस्थित भएका कारण बैठक लामो समयसम्म बस्न सकेन । नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले बैठकपछि सञ्चारकर्मीलाई एनेकपा (माओवादी)का अध्यक्ष बैठकमा अनुपस्थित भएका कारण बैठक लामा ेसयमसम्म चल्न नसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले दाहालजीलाई धेरै समय कु¥यौँ, उहाँ नआउनुभएपछि हामी राष्ट्रपति कहाँ जान हिड्यौँ ।”  संविधानका मुख्य अन्तरवस्तु राज्यको पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीका बारेमा सहमति खोज्न भन्दै तीन दलको बैठक अपराह्नका लागि तय भएको थियो । बैठकमा एनेकपा (माओवादी)का नेता डा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ मात्र उपस्थित हुनुभएको । बैठकमा नेकाका तर्फबाट सभापति कोइराला, उपसभापति रामचन्द्र पौडेल, सहमहामन्त्री पूर्णवहादुर खड्का, नेकपा (एमाले)का तर्फबाट अध्यक्ष केपी ओली, उपाध्यक्षद्वय विद्या भण्डारी र भीम रावलको सहभागिता रहेको थियो । बैठकपछि एमाओवादीका नेता डा भट्टराईले बैठक आइतबार बिहान ८ बजे बस्ने गरी स्थगित भएको सञ्चारकर्मीलाई जानकारी दिनुभयो । दलहरुबीच संविधानका अन्तरवस्तुमा सहमति जुट्न नसक्दा माघ ८ मा नयाँ संविधान जारी हुने सम्भावना न्यून हुँदै गएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?