श्रीलंकाका पूर्वराष्ट्रपतिका भाईलाई सम्पादकको हत्या गरेको आरोप, छानविन गर्दै नयाँ सरकार


rajapakshyaश्रीलङ्काका पूर्व राष्ट्रपति महिन्द राजपाक्छेका भाइमाथि श्रीलङ्काको एक प्रतिष्ठित पत्रिकाका सम्पादक हत्याको आरोप लागेको छ । त्यस आरोपमा श्रीलङ्काली प्रहरी अधिकारीहरुले उहाँमाथि अनुसन्धान सुरु गरेको राजधानी कोलम्बोबाट प्राप्त समाचारमा जनाइएको छ । श्रीलङ्काली प्रहरीका प्रवक्ताले उहाँले ती सम्पादकको हत्याका लागि आदेश दिएको भन्ने बारेमा प्रहरीले अनुसन्धान थालेको आइतबार जानकारी दिनुभएको छ । निवर्तमान राष्ट्रपति राजपाक्छेका भाइ गोटबया राजपाक्छेमाथि सो आरोपमा अनुसन्धान थालिएको हो । उहाँ पूर्व रक्षासचिव पनि हुनुहुन्थ्यो । श्रीलङ्काली एक प्रतिष्ठित पत्रिकाका सम्पादक लसान्ता विक्रमातुंगाको हत्या राजपाक्छको आदेशमा भएको भनी यसअघि नै उजुरी परेको थियो । तर प्रहरीले राष्ट्रपतिकै भाइ भएकोले अनुसन्धान थाल्न सकेको थिएन । सन् २००९ मा भएको उहाँको हत्या राजपाक्छेका भाइको निर्देशनमा नै भएको भन्दै पूर्व जनसम्पर्क मन्त्री मर्भिन सिल्भाले शनिबार प्रहरीमा उजुरी दिनुभएको थियो । यो पछिल्लो उजुरीपछि भने प्रहरीले अनुसन्धान थाल्ने जनाएको समाचारमा उल्लेख गरिएको छ । तत्कालीन सरकारको आलोचना गरेको भनी ती सम्पादकमाथि पूर्व रक्षासचिव राजपाक्छेले नै मानहानीमा उजुरी दिएका थिए । तर पछि उनले सफाई दिन नपाउदै उनको हत्या भएको थियो । त्यसैले सो हत्यामा राजपाक्छेको नै हात रहेको भनाइ त्यहाँका सवै सञ्चारमाध्यमले भन्दै आएका थिए । श्रीलङ्काली प्रहरी प्रवक्ता अजित रहानाले भन्नुभयो– हामीले हत्याका तीनवटा उजुरी पाएका छौँ र यसमध्ये सम्पादकको हत्या पनि एक हो । उहाँले पूर्व रक्षासचिव राजपाक्छे सो हत्याको मुद्दामा अनुसन्धानमा तानिनुहुने निश्चित् भएको पनि जानकारी दिनुभयो । तर यस विषयमा सम्पर्क गर्नखोज्दा राजपाक्छेले भने कुनै प्रतिक्रिया दिन चाहनुभएन । उहाँले आफ्ना दाजु राष्ट्रपति हुदा शक्तिको दुरुपयोग गरेको आरोप लाग्ने गरेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?