राष्ट्रिय लिग फुटबलको सम्पूर्ण तयारी पूरा भएको एन्फाको दाबी, ‘होम एन्ड अवे’को आधारमा प्रतियोगिता सञ्चालन हुने
अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले आयोजना गर्ने सर्वाधिक पुरस्कार राशि भएको राष्ट्रिय लिग फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । सङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा यही माघ ७ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा उपत्यका र मोफसलको गरी नौ टोलीले प्रतिस्पर्धा गर्ने एन्फाका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । उहाँले नेपाली फुटबल खेललाई व्यवस्थित र मर्यादित बनाउन ‘होम एन्ड अवे’को आधारमा प्रतियोगिता सञ्चालन गर्न लागेको बताउनुभयो । राउन्ड रोबिन लिगको आधारमा हुने उक्त प्रतियोगितामा उपत्यकाका तर्फबाट गत वर्षको लिग विजेता मनाङ मस्र्याङ्दी क्लब, थ्रि स्टार क्लब, नेपाल प्रहरी क्लब, सशस्त्र प्रहरी बल ९एपिएफ० र त्रिभुवन आर्मी क्लब छन् । त्यस्तै मोफसलका झापा एघार फुटबल क्लब, मोरङ फुटबल क्लब, जगदम्बा लुम्बिनी फुटबल क्लब, बुटवल र सुदूरपश्चिमाञ्चल फुटबल क्बल कैलालीले प्रतिस्पर्धा गर्नेछन् । प्रत्येक सहभागी टोलीले एक अर्को टोलीसँग एक खेल होममा र एक खेल अवेमा खेल्नेछन् । जम्मा ७२ खेल हुने उक्त प्रतियोगितामा ४० खेल उपत्यकामा र ३२ खेल उपत्यका बाहिर हुनेछ । उपत्यकामा दशरथ रङ्गशाला, हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदान र नेपाली सेनाको सैनिक शारीरिक सुगठन तथा तालिम विभागको खेल मैदानमा खेल हुनेछ भने उपत्यका बाहिर झापाको डोमालाल राजवंशी रङ्गशाला, सहिद रङ्गशाला ९मोरङ० एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा बुटवल र सुदूरपश्चिमाञ्चलको क्षेत्रीय रङ्गशाला धनगढीको खेल मैदानमा हुनेछ । उक्त प्रतियोगितामा विजेता टोलीले रु एक करोड प्राप्त गर्नेछ भने उपविजेताले रु ५० लाख प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले रु २५ लाख प्राप्त गर्नेछ भने उत्कृष्ट गोलकिपर, डिफेन्स मिडफिल्ड फरवार्ड र प्रशिक्षकले जनही एक थान मोटरसाइकल प्राप्त गर्नेछन् । करिब रु पाँच करोड खर्च लाग्ने उक्त प्रतियोगितामा सहभागी टोलीलाई तयारी स्वरुप रु १५ लाख दिने आयोजकले जनाएको छ ।