भारतमा बाघको संख्या ३० प्रतिशतले बृद्धि, दुई हजार २ सय २६ वटा बाघ गणना


tigerभारतमा बाघको सङ्ख्यामा वृद्धि भएको छ । बाघको पछिल्लो गणनाअनुसार त्यहाँ बाघको सङ्ख्यमा बृद्धि भएको पाइएको हो । गएको चार वर्षयता भारतमा बाघको सङ्ख्यमा कम्तीमा पनि ३० प्रतिशतले बृद्धि भएको समाचारमा जनाइएको छ । भारत विश्वमै बाघको सङ्ख्या धेरै हुने देशमध्येमा पर्दछ । पछिल्लो चार वर्षमा गरिएको सो गणनामा हालैमात्र बाघको सङ्ख्यमा बृद्धि भएको पाइएको हो । सन् २०१० मा गरिएको बाघ गणनामा भारतमा बाघको सङ्ख्या १ हजार ७०६ रहेकोमा हालैमात्र गरिएको सो गणनामा दुई हजार २२६ वटा बाघ पाइएको हो । भारतका वातावरण मन्त्री प्रकाश जभातकरले सो कुराको जानकारी दिनुभएको हो । उहाँले पछिल्लो समयमा भारतमा बाघको सङ्ख्यामा बृद्धि हुनुको कारण सरकारी नीनि नै हो भन्नुभयो । उहाँले भारत सरकारले दुर्लभ एवम् सङ्कटापन्न अवस्थामा रहेका जनावरको संरक्षणका लागि भारत सरकारले निर्माण गरेको नीतिका कारण यो सफलता हात लागेको बताउनुभयो । बाघ गणनासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री जाभेदकरले भन्नुभयो– विश्वमा बाघको सङ्ख्या घट्दैछ तर भारतमा भने बढिरहेको छ त्यसैले हाम्रो नीति सफल भएको छ । भारतमा बाघको सङ्ख्या बढ्नुमा भारतले अवैध रुपमा बाघको शिकार गर्नेकामलाई निरुत्साहित पार्ने तथा यस्ता शिकारीलाई कडा भन्दा कडा कारबाही गरेका कारणले पनि हो उहाँले भन्नुभयो । क्यामराको सङ्ख्या पत्ता लगाउनका लागि विभिन्न स्थानमा करिब १० हजार क्यामेरा जडान गरिएको जानकारी पनि उहाँले दिनुभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?