संविधानसभा बैठक कक्षको क्षति विवरण सङ्कलन, ३० लाख क्षति भएको आशंका


k gardaiसंविधानसभा भवनको बैठक कक्षमा गए राति भएको क्षतिको विवरण सङ्कलन सुरु भएको छ । व्यवस्थापिका–संसद् सचिवालय एवम् अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी एवम् प्राविधिकले क्षतिको विवरण सङ्कलन सुरु गरेका ह्न् । उपप्रधानमन्त्री वामदेव गौतमले संविधानसभा भवनको बैठक कक्षमा भएको तोडफोड एवम् त्यसबाट पुगेको क्षतिको अवस्थाबारे जानकारी लिनुभएको छ ।संविधानसभाको बैठकमा संवैधानिक राजनीतिक–संवाद् तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले बोलिसकेपछि सभाध्यक्ष सुवास नेम्वाङले प्रश्नावली समिति बनाउने नाम प्रस्तावका लागि नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठलाई बोलाएपछि बैठक बिथोलिएको थियो । त्यसपछि एनेकपा (माओवादी) सहित मधेसकेन्द्रित दलले नाराबाजी र तोडफोड सुरु गरेका थिए । त्यसका कारण सभासद् बस्ने कुर्सी, माइक तथा सिसिटिभीसमेत तोडफोड भएको छ । क्षतिको यकिन विवरण आइनसकेको सचिवालयले जनाएको छ । संविधानसभामा प्रतिपक्षी नहुने भए पनि संसद्अन्तर्गत प्रतिपक्षी दलका सांसद बस्नेतर्फका छ लाइनका कुर्चीमा बढी क्षति पुगेको छ । यसैबीच, सभषद् गगन थापाले प्रारम्भिक अनुमान अनुसार ३० लाख बराबरको क्षति भएको बताउनुभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?