आइसिसी क्रिकेट : क्यानडा सात विकेटको अन्तरले पराजित
नामिबियामा जारी आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन २ मा नेपालले दोस्रो जित हात पारेको छ । कप्तान पारस खड्काको आक्रमक व्याटिङ र करण केसीको उत्कृष्ट बलिङको सहयोगमा नेपालले क्यानडालाई ७ विकेटको फराकिलो अन्तरले पराजित गर्यो । क्यानडाले दिएको ११५ रनको लक्ष्य नेपालले २३।१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । नेपालको सुरुवात भने निकै खराव रहृयो । नेपालले दुई ओपनरलाई खाता नखोल्दै गुमाएको थियो । दोस्रो ओभरको तेस्रो बलमा नरेश बुढायर र चौथो बलमा सुवास खकुरेल शुन्यमा आउट भएका थिए । तर, कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले सम्हाले । पारस ७७ रनमा आउट भए । ज्ञानेन्द्र ३२ रनमा अविजित रहे भने विनोद भण्डारी एक रनमा अविजित रहे । जितसँगै नेपालको डिभिजन टूमा रहने सम्भावना बलियो भएको छ भने डिभिजन वानमा उक्लने सम्भाबना पनि कायम छ ।
यसअघि, नामिबियामा जारी आइसिसी विश्व लिग क्रिकेट डिभिजन दुईमा क्यानाडाले नेपालसामु ११५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। नामिबियास्थित विन्डहोकमा भएको सो प्रतियोगितामा टस जितेर पहिले व्याटिङ रोजेको क्यानाडाले ४९ दशमलव २ ओभरमा सवै विकेट गुमाउँदै ११४ रनको सामान्य योगफल तयार ग¥यो । क्यानाडालाई ११४ रनमा समेट्ने क्रममा नेपालका करण केसी एक्लैले पाँच विकेट लिए । उनले खेलको १० ओभरमा बलिङ सुरु गर्दै २६ रन खर्चँदै पाँच विकेट लिएका हुन । केसीले पहिलो पटक अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिता जनाएका हुन् । त्यसैगरी, कप्तान पारस खड्का, शक्ति गौचन र सागर पुनले समान एक एक विकेट लिए । क्यानाडाका लागि भने धिनदसाले सर्वाधिक २५ रनको योगदान दिए भने हनसराले २२ रन जोडे । त्यस्तै, क्यानाडाका अर्का व्याट्स्म्यान दुत्तले २०, गुनस्केराले १२, देसाईले ११ र हमज तारिकले १० रन जोडे । अहिले नेपाल जवाफी व्याटिङमा उत्रेको छ ।