दलहरू एकैठाउँमा उभिनोस्– सभाध्यक्ष नेम्वाङ


suvasसंविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधान लेखन कार्यमा सहमति जुटाएर अगाडि बढ्न राजनीतिक दलहरूबीच वार्ता आवश्यक भएको बताउँदै दलहरूलाई एक ठाउँमा उभिन आग्रह गर्नुभएको छ । संविधानसभा भवनमा पत्रकारसँगको भेटमा उहाँले देश र जनतामा थप नोक्सानी हुन नदिन वार्तामा बस्नुको विकल्प नहरेको बताउनुभएको हो । यसैबीच संविधानसभामा हिजो तोडफोड हुँदा भएको क्षतिका विषयमा छानबिन गरी प्रतिवेदन पेस गर्न संविधानसभा सचिवालयलाई आफूले निर्देशन दिएको अध्यक्ष नेम्वाङले जानकारी दिनुभयो । संविधानसभामा भएको तोडफोडका चार मर्यादापालक गम्भीर घाइते हुनुका साथै २० जना अरु घाइते भएका थिए । सभाको टेबल, कुर्ची, माइक, टेलिफोनलगायतका सामग्रीको तोडफोड भएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?