झडपमा एनेकपा माओवादीका नेता जनार्दन शर्मा घाइते
बन्दमा उत्रिएका एनेकपा (माओवादी) सहितको मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीबीचको दोहोरो झडपका क्रममा एनेकपा (माओवादी)का नेता जनार्दन शर्मा घाइते हुनुभएको छ । संविधानसभा बैठक स्थगित भएसँगै संविधानसभा भवन नयाँ बानेश्वरबाट बबरमहलतर्फ आउँदै गरेका एनेकपा (माओवादी) सहित विपक्षी दलका नेताहरूलाई लिन हिडेका कार्यकर्ता र सुरक्षाकर्मीबीच बिजुलीबजार पुलमा भएको दोहोरो झडपका क्रममा शर्मालाई टाउकोमा चोट लागेको हो ।