‘‘सङ्कटको छायाँ समाप्त भयो’’–अमेरिकी राष्ट्रपति ओबामा


obamaअमेरिकी राष्ट्रपति बाराक ओबामाले मङ्गलबार अमेरिकाले वर्षौँसम्मको युद्ध र आर्थिक कठिनाइको पृष्ठ पल्टाएको बताउनुभएको छ । उहाँले अमेरिकी संसदको संयुक्त सभालाई सङ्घीय सम्बोधन ‘‘स्टेट अफ युनियन’’ मा लोकप्रिय कार्यक्रम घोषणा गर्दै उक्त कुरा बताउनुभएको हो । यसैले उहाँलाई प्रतिस्थापन गर्ने नेतृत्वका लागि सङ्घर्षको c गरेको बताइएको छ । रिपब्लिकनहरूले उहाँको सम्बोधनलाई नेतृत्व भन्दा पनि राजनीतिको रूपमा लिएका छन् । बलियो अर्थतन्त्र तथा राम्रो समर्थन दरबाट अझै दृढ हुनुभएको राष्ट्रपति ओबामाले अमेरिकी इतिहासको नयाँ अध्याय लेख्न आग्रह गर्नुभयो । उहाँले आउँदा दिनमा मध्यमवर्गीय परिवारका लागि राम्रो आर्थिक लाभाँशका साथमा उचित अर्थतन्त्रका लागि आग्रह गर्नुभयो । उहाँले अमेरिका नयाँ शताब्दीको १५ वर्षमा पुगेको र ती १५ वर्षमा आतङ्कवादी उनीहरूको तटीय क्षेत्रमा पुगको, दुई लामो र महङ्गो युद्ध गर्ने नयाँ पुस्ता स्थापना गरेको, यसले अमेरिकाभर र विश्वमै नकारात्मक मन्दी फैलाएको बताउनुभयो । उहाँले त्यस्तो अवस्था अझै पनि धेरैका लागि कामय भएको बताउँदै आजको रात नयाँ पृष्ठ पल्टाइने बताउनुभयो । उहाँले हाल अर्थतन्त्र वृद्धि भइरहेको, घाटा घटिरहेको, उद्योग क्रियाशील भएको तथा उर्जा उत्पादन अत्यधिक भएको बताउनुभयो । यसले ह्वाइट हाउसमा कार्यकाल अन्त्य अवस्थामा पुग्दा उहाँको राजनीतिक भाग्य पुनस्र्थापना भएको ठानिएको छ । गत छ वर्षमा राष्ट्रपति ओबामाको कार्यकाल आर्थिक सङ्कटमा बितेको थियो भने त्यसले असमानता कम गर्न तथा उदार नीतिमा प्रथामिकता दिन कठिन भएको थियो ।सन् २०१६ मा डेमोक्र्याटलाई ह्वाइट हाउसमा कायमै राख्ने दृढताका साथ राष्ट्रपति ओबामाले मङ्गलबार न्युनतम वेतन बढाउन, महिलालाई समान वेतन दिन र मध्यमवर्गीय परिवारलाई कर छुट दिन आग्रह गर्नुभयो । कर मन नपराउने रिपब्लिकनको नीतिको प्रत्यक्ष विपरीत रूपमा उहाँले मध्यम वर्गीय परिवारका लागि कर छुट दिन धनी वर्गलाई लगाइने करको दर बढाउन आग्रह गर्नुभयो । उहाँले अमेरिका मन्दीबाट मुक्त भएर आफ्नो भविष्य लेख्ने अवस्थामा आइपुगेको बताउँदै आउँदो १५ वर्ष र आउँदो दशकमा ऊ के बन्न चाहन्छ भन्ने कुरा छनौट गर्नुपर्ने बताउनुभयो । उहाँले केही व्यक्तिले निकै राम्रो गर्ने अर्थतन्त्र स्वीकार गर्ने वा प्रयास गर्ने सबैको आय तथा अवसर वृद्धि गर्ने अर्थतन्त्र चाहेको स्पष्ट हुनुपर्ने बताउनुभयो । राष्ट्रपति ओबामाका रिपब्लिकन प्रतिद्वन्द्वीहरूले उहाँको भाषण बर्गीय भलाइमा आधारित रहेको र त्यसलाई कार्यान्वयन गर्न कानुन बन्न नदिन संसदको दुबै सभाको बहुमत प्रयोग गर्ने बताएका छन् । राष्ट्रपति ओबामाको भाषणको खण्डन गर्ने जिम्मेवारी पाउनुभएकी रिपब्लिकन सिनेटर जोनी अर्नेस्टले अमेरिकी जनता अझै पीडामा रहेको र उनीहरूको वेतन कम भएको र उनीहरूले नोकरी गुमाएको दाबी गर्नुभयो । उहाँले राष्ट्रपति ओबामाको असफल नीतिका तथा अवरुद्ध मनस्थितिका कारण उहाँसँग राजनीतिक गफ गर्ने बिन्दु मात्र भएको र गम्भीर समाधान नभएको बताउनुभयो । रिपब्लिकन पार्टीका तर्फबाट विगत तथा आउँदा राष्ट्रपति पदका उम्मेदवार मिट रोम्नीले अमेरिकी राष्ट्रपतिको सङ्घीय सम्बोधन नेतृत्वमा भन्दा पनि राजनीतिमा आधारित भएको बताउनुभयो । उहाँले राष्ट्रपतिको अभिरुचि प्रगति गर्नुभन्दा निर्वाचन जित्नु रहेको आरोप लगाउँदै उहाँले मुलुकले सानो सरकार तथा कम कर लगाउने संसद निर्वाचन गरेको कुरालाई ध्यान नदिएको दाबी गर्नुभयो । रिपब्लिकन सिनेटर टेड क्रुजले अमेरिकी जनताले राष्ट्रपति ओबामा भन्दा अगाडि बढ्नुपर्ने आवश्यकता अनुभव गरेको दाबी गर्नुभयो । उहाँले दुई महिना अगाडि मुलुकमा निर्वाचनमार्फत अमेरिकी जनताले स्पष्ट रूपमा राष्ट्रपति ओबामाको मार्गले काम नगरेको, ओबामा अर्थतन्त्रले काम नगरेको, त्यसले दशौँ लाख मानिसलाई दुःख दिएको र उनीहरू भिन्न मार्गमा हिँड्न चाहेको बताएको दाबी गर्नुभयो । राष्ट्रपति पदका लागि उम्मेदवार बन्नुहुने हिलारी क्लिन्टनले ट्विटमार्फत राष्ट्रपति ओबामाले सबैका लागि काम गर्ने अर्थतन्त्रको मार्ग तय गर्नुभएको र अब सबैले मध्यम वर्गीय परिवारलाई केही दिनुपर्ने बताउनुभयो । हालैका महिनामा राष्ट्रपति ओबामाले केही कार्यकारी अधिकार प्रयोग गर्नुभएको छ र भने प्रतिपक्ष त्यसबाट क्रुद्ध छ । उहाँले क्युबामा आधा शताब्दीसम्म लगाइएको प्रतिबन्ध हटाउन आग्रह गर्नुभयो र इरानमाथि लगाइने अरु कुनै प्रतिबन्धमा निषेधाधिकार (भिटो) प्रयोग गरिने बताउनुभयो । राष्ट्रपति ओबामाले कङ्ग्रेसलाई इस्लामिक स्टेटमाथि शक्ति प्रयोग गर्न अधिकार प्रदान गर्न आग्रह गर्नुभयो । उहाँले पाकिस्तानको विद्यालय देखि पेरिसको मार्गसम्म आतङ्कवादीको आक्रमणको लक्ष्य बनेको विश्वका जनतासँग अमेरिका एक हुने बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?