चीनको इलेक्ट्रोनिक व्यापार सन् २०१४ मा दुई हजार अर्ब अमेरिकी डलर बराबर


electronicsचीनको इलेक्ट्रोनिक व्यापार सन् २०१४ मा १३ हजार अर्ब युआन (दुई हजार ९० अर्ब अमेरिकी) डलर बराबर पुगेको जानकारी सरकारले बुधबार दिएको छ । बेइजिङले हाल अनलाइन व्यापारलाई आर्थिक वृद्धिको नयाँ उपायको रूपमा लिएको छ । वाणिज्य मन्त्रालयले अनलाइनमा कस्तो प्रकारको कारोवार भएको भन्ने जानकारी दिएको छैन । मन्त्रालयले यसमा व्यापारिक संस्थाबीच तथा खुद्रा बिक्रीमा उक्त कारोबार भएको उल्लेख गरेको छ । मन्त्रालयका प्रवक्ता सेन दानयाङले सन् २०१४ मा इलेक्ट्रोनिक व्यापार २५ प्रतिशतले वृद्धि भएको जानकारी दिएका छन् । चीनको राष्ट्रिय तथ्याङ्क केन्द्रले अनलाईन खुद्रा व्यापार दुई हजार ८०० अर्ब युआन बराबर भएको जानकारी दिएको छ । यसमा सन् २०१४ मा ४९.७ प्रतिशतले वृद्धि भएको जानकारी दिइएको छ । चीनमा विश्वमा सबैभन्दा अधिक अनलाइन जनसङ्ख्या रहेको छ । गत वर्ष यहाँ ६३ करोड २० लाख जनता अनलाइनमा रहेको बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?