संविधानसभा भंग गर्नुपर्छ भन्ने शक्तिहरुसँग मिलेर एमाओवादीले के गर्न खोजेको हो ? : केपी ओली


???????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????संविधानसभा भवन बाहिर निस्कदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिनुभएको प्रतिक्रिया जस्ताको तस्तै :::
“आज माघ ८ गतेभित्र संविधान दिन्छौं भन्ने सबै दलको प्रतिबद्धता थियो । निर्वाचनभन्दा अगाडिदेखि नै । तर, त्यसमा केही दलहरु खासगरी एमाओवादीको लगातारको व्यवधान रह्यो । हामीले सहमतिका प्रयासहरु पटक पटक गरेका हौं । सम्वाद समितिमा बढीमा एक पटक फर्काउन सकिने ठाउँमा ६ पटक पठाइयो । सम्वाद समितिका सभापतिले तिकडम गरेर लामो समय तीन चार महिना खाइदिनुभयो । र, माघ ८ मा संविधान जारी हुने असम्भव प्राय बनाउनुभयो । संविधानसभाध्यक्षले आपूmलाई मस्यौदा गर्ने अधिकार दिइयोस् भनेर माग्नुभयो त्यसमा पनि एमाओवादीको विरोध रह्यो र एमाओवादी नेतृत्वको मोर्चाको विरोध रह्यो । त्यसपछि जति नजिक आउँदै गयो माघ ८ उहाँहरु सहमति सहमति भन्ने तर सहमतिमा नआउने र आफ्नो मञ्जुरीविना संविधान जारी गर्न पाइदैन भनेर एक दुई दर्जन मान्छेको सहमति हुने र नहुने कुरामा संविधान निर्माण हुने र नहुने कुरा जस्तो जिद्दी उहाँहरुले कस्नुभयो । उहाँहरुको दृष्टिकोणमा देशलाई दूरगामी रुपमा घाटा पुर्याउने, भौगोलिक रुपमा राष्ट्रको अखण्डतामा आँच आउने सोचहरु लगातार अघि बढाउनुभयो । हामीले सही ढंगले लोकतान्त्रिक संविधानको कुरा गर्र्यौ । उहाँहरु कुनै कुरामा पनि तयार हुनुभएन । आज मात्रै पनि विजय गच्छदारजीले एउटा प्रस्ताव ल्याउनुभयो त्यो प्रस्ताव पनि उहाँहरुलाई मन्जुर भएन । त्यो प्रस्ताव संघीयताको मामिलालाई एक महिनामा टुंग्याउने । अरु तीन वटा विषयलाई सहमतिका साथ अघि बढ्न दिउँ, र शासकीय स्वरुपमा अघि एमाओवादीको रिजर्भेसनका साथ अघि लैजाउँ भन्ने कुरा थियो । तर, त्यसलाई एमाओवादीले मानेन । संविधानसभा भन्दा बाहिरका, संविधानसभा विरुद्धका शक्तिहरुसँग मिलेर उहाँहरु देशमै बन्द गर्ने, जनतालाई दुःख गर्ने काम गरिरहनुभएको छ । संविधान बनाउने माग कि संविधान नबनाउने माग विरोधीहरुसँग मिलेर के गर्न खोजेको हो ? आन्दोलन नै उद्देश्य हो ? गन्तव्य नै त्यही हो भने संविधान जारी हुन हुँदैन भन्ने शक्तिबीच मिलेर के गर्न खोजेको हो ? भित्र तपाईंहरुले देखिरहनुभएको छ संविधानसभामा अत्यन्तै अशोभनीय ढंगले अबरुद्ध गर्ने काम भएको छ । संविधानसभाको बैठक सकिएपछि तोडफोड गर्ने काम भएको छ । खुर्सानीका पोका लिएर आउने जस्ता कामहरु उहाँहरु गर्दै हुनुहुन्छ । यसरी व्यवधान पुर्याउने, संविधान जारी गर्न नदिन जे पनि गर्न तयार हुने उहाँहरुको अभिव्यक्ति छ । माओवादीलाई राम्ररी पराजित गर्न नसक्नु, उहाँहरुलाई घोटेर पियाउँदा सकिन्छ कि भन्ने लागिरहेको थियो । राम्रो शिक्षा दिन सकिएन यो हाम्रो कमजोरी होला, अरु कमजोरी होइन । दुई तिहाई हाम्रो छ । हामी पनि अघि बढाउन सक्छौं । तर, संविधान बन्न नदिने उद्देश्यमा उहाँहरु सफल हुनुभयो होला । हामीले भिडन्त चाहेका छैनौं । हामी सम्पूर्ण देशवासीलाई के भन्न चाहन्छौं भने अहिलेसको संविधानसभा असफल हुँदैन । यस संविधानसभाले सकेसम्म छिटो संविधान दिन्छ । धेरै समय लाग्दैन अब देशले संविधान पाउन ।”

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?