संविधानसभाको बैठक अब आइतबार मात्र, आन्तरिक छलफल गर्न दलहरुलाई समय


????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????निर्धारित समयभन्दा तीन घन्टापछि सुरु भएको संविधानसभाको बैठक एकीकृत नेकपा (माओवादी)को नेतृत्वमा रहेको मोर्चाले अवरोध गरेपछि आइतबार अपराह्न १ बजे पुनः बस्ने भएको छ । बैठकमा पनि संविधान निर्माण प्रक्रिया अगाडि बढाउनका लागि प्रश्नावली गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम थियो । गत मङ्गलबारदेखि उक्त प्रस्ताव पेस गर्ने प्रयास भए पनि विपक्षी दलको निरन्तर अवरोधका कारण सफल हुन सकेको छैन । प्रश्नावली निर्माणसम्बन्धी प्रस्ताव पेस गर्नका लागि नेपाली काँग्रेसका मुख्य सचेतक चीनकाजी श्रेष्ठ रोस्ट्रममा जाने प्रयास गर्नुभएको थियो । प्रस्तावका समर्थकमा नेकपा(एमाले)का मुख्य सचेतक अग्नि खरेल रहेको कार्यसूचीमा उल्लेख छ । नाराबाजीका बीचमा श्रेष्ठलाई प्रस्ताव पेस गर्न सभाध्यक्ष नेम्वाङले आग्रह गर्नुभएको थियो । माघ ८ मा दलकै विवादका कारण संविधान जारी हुन नसकेका अवस्थामा कसरी अगाडि बढ्ने भन्ने विषयमा सरकारमा रहेका दल र मोर्चाले आन्तरिक छलफलसमेत गरेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?