आन्दोलनमा दमन र धरपकड भएको मोर्चाको दाबी, आन्दोलन जारी राख्ने निर्णय
एकीकृत नेकपा (माओवादी) नेतृत्वको मोर्चाको बैठकले आन्दोलन जारी राख्ने निर्णय गरेको छ । बैठकमा केही दिनयता एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले गर्दै आएको संविधानसभा र सडकको आन्दोलनको समीक्षा हुनुका साथै यसलाई थप प्रभावकारी बनाउने सहमति भएको मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले सञ्चारकर्मीलाई जानकारी गराउनुभयो । मोर्चाले सडक आन्दोलनलाई थप प्रभावकारी बनाउन एमाओवादीका नेता वर्षमान पुनलाई जिम्मा दिने समझदारी भएको जानकारी गराउँदै प्रवक्ता सिंहले आज पनि संविधानसभाको बैठक अवरुद्ध गर्ने बताउनुभयो । आन्दोलनमा भएका धरपकड र प्रहरी दमनको भत्र्सना गर्दै मोर्चाको बैठकले संविधानसभा अवरोध हटाउनका लागि सहमतिको अनुकूल वातावरण निर्माणका लागि पहल गर्ने निर्णयसमेत गरेको छ । नेपाली काँग्रेस र नेकपा (एमाले) को संविधानका अन्तरवस्तुलाई मस्यौदा समितिमा पेस गर्नुपर्छ भन्ने माग र मोर्चाको संवैधानिक–राजनीतिक सहमति तथा संवाद समितिमा पठाउनुपर्छ भनाइका बीच संविधानसभा अध्यक्ष सुवास नेम्वाङले नियम ९१ बमोजिम प्रश्नावली बनाउने प्रस्ताव ल्याएका कारण मोर्चाले विरोध गर्नुपरेको बताएको छ । संविधानसभा अध्यक्ष नेम्वाङको भूमिका निष्पक्ष नभएको आरोप लगाउँदै उहाँले संविधानसभामा भएको तोडफोडको जिम्मा मोर्चाले लिने स्पष्ट पानुभयो ।