नेपाल केन्यासँग पाँच विकेटले पराजित, अब तेस्रो स्थानको लागि भिडन्त
आइसिसी विश्व लिग क्रिकेट डिभिजन दुईअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल आज केन्यासँग पाँच विकेटले पराजित भएको छ । नामिबियाको राजधानी विन्डहोकमा भएको सो प्रतियोगितामा टस जितेर पहिले फिल्डिङ रोजेको केन्याले नेपालले दिएको १९५ रनको चुनौतीलाई ३५ ओभरमा नै पूरा गर्दै विजयी भयो । केन्याले ३५ ओभरमा पाँच विकेट गुमाउँदै नेपालको चुनौतीलाई पूरा गरेको हो । यस हारसँगै नेपालको डिभिजन एकमा प्रवेश गर्ने सपना भने चकनाचुर हुन पुगेको छ । नेपाल डिभिजन एकमा बढुवा नभएता पनि नेपाली क्रिकेट इतिहासमा भने ठूलै उपलब्धि हासिल गरेको छ । प्रतियोगितामा नेपाल शीर्ष चारभित्रै रहँदै डिभिजन दुईमा यथावत् रहन सफल भएको छ । त्यस्तै प्रतियोगितामा ६ अङ्क जोडेको नेपाल रनरेटका आधारमा डिभिजन एकमा प्रवेश गर्नबाट वञ्चित बनेको हो । समान ६ अङ्क नै जोडेको नेदरल्यान्ड्सले आज युगान्डालाई सात विकेटले पराजित गरेपछि नेपाल डिभिजन एकमा प्रवेश गर्नबाट वञ्चित बनेको हो । प्रतियोगितामा पहिले ब्याटिङ गरेको नेपालको ४९.५ ओभरमा सबै विकेट गुमाउँदै १९४ रनको योगफल तयार गरेको थियो । जारी प्रतियोगितामा पाँच खेल खेलेको नेपालले तीन खेलमा जित तथा दुई खेलमा हार भोग्यो । प्रतियोगितामा सबैभन्दा अचम्मको कुरा त नेपालले सबैभन्दा शक्तिशाली मानिएको राष्ट्रलाई पराजित ग¥यो भने प्रतियोगितामा सबैभन्दा कमजोर मानिएको टिमसँग हार बेहोर्न पुग्यो । प्रतियोगिताको सबैभन्दा कमजोर मानिएको युगान्डासँग पहिलो खेलमा दुई रनले पराजित भयो भने चारपटक विश्वकप खेलिसकेको नेदरल्यान्डसमाथि २ विकेटले रोमाञ्चक जित निकाल्दै विजयी भएको थियो । त्यस्तै विश्वकपकै अनुभव बटुलिसकेको क्यानाडालाई ७ विकेट र आयोजक नामिबियालाई ३ विकेटले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । प्रतियोगितामा नेपालले १८ रन जोड्दा तीन विकेट गुमाइसको थियो । नेपालले ३ रन बनाउँदा सुवास खकुरेल २ रन जोड्दै पहिलो विकेटका रुपमा आउट भए भने नेपालले १७ रन जोडद सागर पुनलाई दोस्रो विकेटका रुपमा गुमायो । त्यस्तै नेपालले थप एक रन जोड्दाजोड््दै नेपालले तेस्रो विकेटका रुपमा नरेश बुढाऐरलाई गुमायो । १८ रनमा नै धर्मराएको नेपालका लागि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले ४८ रनको साझेदारी गर्दै नेपाली इनिङलाई केही समालेका थिए । उपकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ९१ रनको योगदान दिएता पनि त्यो निरर्थक हुन पुग्यो । उनले ११६ बल सात चौकाको मद्दतमा ९१ रन जोडेका थिए । त्यस्तै ४६ बल खेलेका कप्तान खड्काले २० रन जोड्दै पेभिलियन फर्किएका थिए । नेपालका अर्का ब्याट्सम्यान शरद भेषवाकरले ४९ बलमा १८ रन जोडे भने २३ बल खेलेका विनोद भण्डारी १६ रन जोड्दै आउट भए । सागर पुनः १२, शक्ति गौचन ८, सोमपाल कामी ५ तथा बसन्त रेग्मीले ४ रन जोडे भने करण केसी रन नै नजोडी आउट हुन पुगेका थिए । त्यस्तै केन्याको जितमा भने इरफान करिमले सर्वाधिक ७५ रनको योगदान दिए भने आर आर पटेलले ५६ र ओबन्दाले ४५ रन जोेडेका थिए ।