नेपालीको धेरै बसोबास रहेको एसफिल्डमा लुटपाटको प्रयास, दुई पसलमा एकैपटक योजनाबद्ध आक्रमण
सिड्नीको एसफिल्डस्थित एलिजावेथ स्ट्रीटमा रहेका दुई पसलमा गतसाँझ एकैपटक चारजना मानिसहरुले लुट्ने प्रयास गरेका छन् । यी व्यक्तिहरुको समूहले आमुन्ने सामुन्ने रहेका यी पसलमा राति ८ः४० बजेतिर लुट्ने कोसिस गरेका हुन् । तर, उनीहरु सफल हुन भने सकेनन् । एसफिल्डमा रहेको सन्नी ग्रोसरीमा पुगेका उनीहरुले चक्कु देखाएर पैसा मागेका थिए । सुरुमा त मैले ठट्टा गरेको होला भन्ठाने, तर उनीहरुले चक्कु देखाएपछि मैले त्यसको प्रतिरोध गरें । यसक्रममा मलाई चोट पनि लाग्यो, मैले प्रतिरोध गरेको हुनाले उनीहरु भागीहाले । पसले ७० वर्षीय थीयोको भनाई छ । ठीक यहीबेला अघिल्लोपट्टीको अर्को पसमला रहेकी एक महिलालाई पेस्तोल ताक्दै पैसा मागेका लुटेराहरुले केही चुरोटका बट्टा र खाना लिएर भागे । यी दुबै समूहका व्यक्ति एकै दिशातर्फ गएको प्रहरीले जनाएको छ । यसैकारण योजनाबद्ध रुपमा लुट्ने प्रयास भएको प्रहरीले अनुमान गरेको छ र यस सम्बन्धी कुनै जानकारी प्राप्त भएमा सूचित गर्न पनि प्रहरीले आग्रह गरेको छ । स्मरणीय छ एशफिल्ड क्षेत्रमा धेरै नेपाली बसोबास गर्दछन् । र, केही नेपालीहरुले चलाएका पसलहरु पनि यहाँ रहेका छन् ।