नेपाल अष्ट्रेलिया सम्पर्क समिति गठन, संयोजकमा रामचन्द्र भट्टराई
अष्ट्रेलियाको सिड्नीस्थित एसफिल्ड पार्कमा भएको एक अभिभावक भेलाले नेपाल अष्ट्रेलिया सम्पर्क समिति गठन गरेको छ । अष्ट्रेलियाको एसफिल्ड क्षेत्र वरपर बसोबास गर्ने नेपालीका अभिभावक र तिनका सन्तानहरुको साझा संगठनका रुपमा यस समितिले कार्य गर्नेछ । नवगठित समितिको संयोजकमा रामचन्द्र भट्टराई रहनुभएको छ भने सहसंयोजकमा ईश्वर पंगेनी र सचिवमा सञ्जीवकुमार अधिकारी । यसैगरी सहसचिव र कोषाध्यक्षमा श्रीमती भावना जैसी सिंह र श्रीमती संगीता राजभण्डारी रहनुभएको छ । १३ सदस्यीय समितिको एकजना सदस्य पछि थपिनेछ भने अन्य सदस्यमा डोलराज पाण्डे, झलक ढुंगाना, टेक क्षेत्री, मिनप्रकाश भण्डारी, अञ्जु दाहाल, जीवन गुरुंग, सञ्जयराज सिंह रहनुभएको छ । यसैगरी सल्लाहकारहरुमा शंकरलाल राजभण्डारी, तुलसीप्रसाद अधिकारी र डा. किरण थापा रहनुभएको छ । संस्थाको संरक्षकमा अर्जुन पौडेल र चिरञ्जीवी देवकोटा रहनुभएको छ । मुख्यतः अष्ट्रेलियामा आउनुभएका अभिभावकहरुबीच सौहाद्र्रता, सम्बन्ध विस्तारका निम्ति गठन गरिएको समितिले विविध कार्यक्रम गर्नेछ । यसैक्रममा आगामी मंगलबार फेब्रुअरी महिनासम्ममा अष्ट्रेलियाको बसाई पूरा गरी नेपाल फर्कन लाग्नुभएका अभिभावकहरुलाई बिदाई गर्ने कार्यक्रम तय भएको छ । समितिले शिवरात्रीमा पनि जमघट आयोजना गर्ने तयारी गरिरहेको नवगठित समितिका सचिव सञ्जीवकुमार अधिकारीले जानकारी दिनुभयो ।