दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने क्रममा खोलालाई ३५ दिनभित्र फर्काइने, नदीछेउमा बाटो पनि बन्ने


airportआगामी तीन वर्षभित्र निर्माण कार्य पूरा गर्ने उद्घोषका साथ यही माघ १ गते प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गर्नुभएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तीव्र पारिएको छ । निर्माणको जिम्मा पाएको चीनको नर्थवेष्ट सिभिल एभिएसन कर्पोरेसन समूहले पहिलो चरणमा घाग्रा खोला ड्राइभर्सन गर्ने काम सुरु गरेको छ । साँढे दुई किलोमिटर लम्बाई, ३५ मिटर चौडाई र छ मिटर गहिराइ रहेको उक्त नदीको ३५ दिनभित्र खनेर भ्याउने र दुई महिनाभित्र खोला फर्काइ सक्ने कम्पनीले जानकारी दिएको छ । नदीको दुवैतर्फ सात÷सात मिटरको बाटो हुनेछ । जसमध्ये एउटा बाटो आम नागरिकको प्रयोगका लागि खोलिनेछ भने अर्को बाटो एयरपोर्टको आन्तरिक प्रयोजनका लागि खोलिने परियोजनाका साइट संयोजक नारायण कार्कीले जानकारी दिनुभयो । त्यसबाहेक प्रथम चरणमा विमानस्थलको तीन हजार मिटरको रनवे, ट्याक्सी वे, अन्तर्राष्ट्रिय टर्मिनल भवन, टावर, प्रशासकीय भवन, आन्तरिक तथा बाह्य पेरिफेरी सडक, एअर कार्गो बिल्डिङ, सुरÔा पोस्ट भवन, विमानस्थल सडक लगायतका भौतिक निर्माणका कार्यहरू पनि तत्कालै सुरु गरिने कार्कीले जानकारी दिनुभयो । विमानस्थल डिसेम्बर २०१७ मा निर्माण सम्पन्न हुने लक्ष्य लिइएको छ । गौतमबुद्ध विमानस्थल स्तरोन्नति गरी काठमाडौँको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलसरह बन्नेछ । चीनको नर्थवेष्ट सिभिल एभिएसन कर्पोरेसन समूहले विमानस्थल निर्माण गर्ने जिम्मा पाएको छ । बोलपत्रअनुसार नर्थवेस्टले छ अर्ब २२ करोड ५१ लाख २० हजार २२७ रुपैयाँ ९१ पैसामा विमानस्थल निर्माण कार्य सम्पन्न गर्नेछ । अब निर्माण हुने विमानस्थलको धावनमार्ग तीन हजार मिटरको हुनेछ भने वार्Èिक सात लाख ६० हजार हवाई यात्रुलाई थेग्नेगरी प्रथम चरणमा विमानस्थलको निर्माण हुनेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?