सहमति विपरीत समिति गठन गर्नु महाभूल, संविधानसभाबाट निस्कदा निस्कदै प्रचण्डको प्रतिक्रिया


??????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले सहमति विपरीत संविधानसभामा प्रश्नावली समिति गठन गर्ने कामलाई महाभूलको सङ्ज्ञा दिनुभएको छ । संविधानसभाको आजको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रारम्भिक प्रतिक्रिया दिँदै उहाँले प्रश्नावली निर्माण कार्यसँग राजनीतिक दलहरू स्पष्ट रूपमा दुई कित्तामा विभाजित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “दलबीच ठूलो विभाजन भयो, दुई कित्तामा उभिनुपर्ने परिस्थिति देखिएको छ, मुलुकलाई प्रतिगमन र द्वन्द्वतिर लैजाने काम भएको छ ।” संविधानसभाका अध्यक्ष पार्टीको प्रवक्ताका रूपमा प्रस्तुत हुनुभएको बताउँदै अध्यक्ष दाहालले सभाध्यक्षले कलङ्कको टीका लगाउनुभएको प्रतिक्रिया दिनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “सयौँ प्रहरी तैनाथ गरेर संविधानसभालाई व्यारेकमा परिणत गर्ने बडो विचित्र खेल भएको छ । जनतामाथि प्रहार भएको छ । अन्तिम दिनसम्म यस्ता हर्कतविरुद्ध प्रतिवाद गर्नेछौँ ।’” नियम कानुन मिचेर चालिएको उक्त कदमले शान्ति सम्झौताको मूल मर्ममाथि नै प्रश्न खडा गरेको र तरबार उज्याएको उहाँले बताउनुभयो । अध्यक्ष दाहालले नियम र कानुन विपरीत संविधानसभामा ल्याइएको प्रश्नावली निर्माणसम्बन्धी प्रस्तावका विरुद्ध जनतामा जाने जानकारी दिनुभयो । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ऐन, नियमविपरीत प्रश्नावली समिति गठनसँगै दलहरू स्पष्ट रूपमा विभाजित भएको प्रतिक्रिया दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?