२१ वर्षीय ज्वाईले ४० वर्षीय ससुरालाई ढुंगाले हानेर मारे


logo_1दुई दिनअघि झापाको गौरादहमा ज्वाइँले ससुराको हत्या गरेको खुल्न आएको छ । पुरानो रिसइवीका कारण ससुरालाई ढुङ्गाले हानेर मारेको घटनाका आरोपित ज्वाँइ लखनपुर–७ का २१ वर्षीय बिमल ऋषिदेवले स्वीकार गरेका छन् । इलाका प्रहरी कार्यालय दमकले अनुसन्धानपछि सो घटनाबारे त्यस्तो रहस्य सार्वजनिक गरेको हो । आरोपित ऋषिदेवले नातामा ससुरा पर्ने झापाको लखनपुर–१ का ४० वर्षीय बिर्जा सहनीको माछा मार्न जाँदा गौरादह–७ को किस्ने खोलामा गत शुक्रबार दिउँसो हत्या गरेका प्रहरी निरीक्षक भीमप्रसाद सिलवालले जानकारी दिनुभयो । प्रनि सिलवालका अनुसार हत्या गरिनु एक दिनअघि नै जुरोपानीको एक पुलको काममा मजदूरी गर्न दुवै सँगै गएका थिए । ढुङ्गा प्रहारपछि सख्त घाइते भएका सहनीको दमक अस्पतालमा उपचारका क्रममा सोही दिन ज्यान गएको थियो । शुक्रबार स्थानीय एक पसलमा दुवैले अत्यधिक मदिरा खाएर माछा मार्न नजिकै जाँदा ऋषिदेवले पुरानो रिसइवी साँधेर हत्या गरेको प्रहरीको वयानमा उनले स्वीकार गरेका उहाँले जानकारी दिनुभयो । घटना विवरणअनुसार ऋषिदेवले उनकी कान्छी छोरी अनितालाई ६ वर्ष पहिले विहे गरेपनि ज्वाइँ तल्लो जाति भनेर हेला गर्दै आएका थिए । सहनीले एक वर्षदेखि छोरीलाई माइतमा राख्दै आएका थिए । घटनामा ज्वाइँ तल्लो जात भएर ससुराले पटकपटक आफू र परिवारलाई अनावश्यक आक्रमण गरेपछि त्यो रिसइवीका कारण हत्या गरेको खुल्न आएको इप्रका दमकका प्रहरी उपरीक्षक रविकुमार पौडेलले बताउनुभयो । प्रहरीले आरोपितलाई म्याद थप गरी कर्तव्यज्यानसम्बन्धी मुद्दा चलाएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?