बेपत्ता भएका बृद्ध काशी अधिकारीको शव एक फार्म हाउसमा भेटियो, हिन्दू संस्कार अनुसार अन्तिम संस्कार गरिने


kashiकरिब एघार दिनअघि बेपत्ता भएका नेपाली मुलका बृद्ध मृत भेटिएका छन् । उनको खोजीमा लागिपरेको मेलबर्न प्रहरीले उनको शव ११ दिनपछि फेला पारेको हो । अष्ट्रेलियाको मेलबर्नस्थित मेल्टन भन्ने स्थानमा आफ्ना छोरासँग बस्दै आएका नेपाली मुलका भुटानी बृद्ध काशि अधिकारी माघे संक्रान्तिको दिन घर फर्किएनन्। यसपछि उनको खोजीमा स्थानीय समुदायका साथै उनको परिवार, अष्ट्रेलियाली प्रहरी र स्टेट इमर्जेन्सी सर्भिसका अधिकारीहरु समेत लागेका थिए । मृतकका छोरा ओम अधिकारीले प्रहरीको भनाई उद्यृत गर्दै खोजीका क्रममा आफ्ना बुबाको शव स्थानीय ब्यक्तिको फार्ममा मृत अवस्थामा फेला पारेको जानकारी दिएका छन्। भुटानबाट लखेटिएपछि शरणार्थी बनेर झापाको खुदुनाबारीमा बस्दै आएका उनी आफ्ना परिवारसहित शरणार्थी पुर्नस्थापना कार्यक्रम अन्तरगत ५ बर्षअघि अष्ट्रेलियाको मेलबर्नमा आएका थिए । ५ छोरा र दुई छोरी भएका अधिकारीको खोजीका क्रममा घरदेखि करिब डेढ घण्टा दुरीमा रहेको स्थानमा उनको शव फेला परेको थियो। उनका छोरा ओमले प्रहरीले शव आफुहरुलाई हस्तान्तरण गरेपछि हिन्दु संस्कार अनुसार काजक्रिया गरिने जानकारी दिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?