काँग्रेस सभापतिहरुलाई जिल्लामा जान संसदीय दलको आग्रह, कार्यकर्ता र जनतालाई पार्टीको नीतिबारे जानकारी गराउन निर्देशन
नेपाली काँगे्रसले पार्टीका जिल्ला सभापतिहरुलाई १० दिनका लागि आआफ्ना जिल्ला जान निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली काँग्रेस संसदीय दलको बैठकले सभासद्लाई संविधान निर्माणका सम्बन्धमा पार्टीका तर्फबाट चालिएको कदमलगायत मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे जिल्ला जिल्लामा गएर कार्यकर्ता र जनतालाई सन्देश प्रवाह गर्न निर्देशन दिएको हो । पार्टी उपसभापति रामचन्द्र पौडेलले एकीकृत नेकपा (माओवादी)लगायत विपक्षी दलसँग वार्ता र संवादका क्रमलाई पनि जारी राख्ने बैठकले निर्णय गरेको जानकारी दिनुभयो ।