मन्त्रमुग्ध बने भारतीय ओबामाको भाषणमा, भाषणको अन्त्यमा भने जय हिन्द
अमेरिकी राष्ट्रपति बराक ओबामाले आफ्नो भारत भ्रमणको अन्त्यमा दिल्लीस्थित सिरी फोर्ट अडिटोरियममा दिएको भाषणले पूरै भारतीयहरुलाई मन्त्रमुग्ध बनाएको छ । राष्ट्रपति ओबामाले भार तर अमेरिका एकअर्काको हितौषी र असल साझेदार भएको बताउँदै चुनौतीको सामना मिलेर गर्ने बताए । भाषणको सुरुवात नमस्तेबाट गरेका थिए भने अन्त्य जय हिन्द भन्दै । यस्तै भारतले गरिबी निवारणमा पछिल्लो केही वर्षमा हासिल गरेको उपलब्धीको पनि उनले प्रसंसा गरे । स्वच्छ ऊर्जाको क्षेत्रमा भारतले चाल्ने हरेक कदममा साथ दिने पनि ओबामाको भनाई थियो । महात्मा गान्धीको भनाईलाई उदृत गर्दै ओबामाले भने, सबै धर्म एउटै रुखको हाँगाहरु हुन् । धर्मको गलत प्रयोग हुनु हुँदैन । धर्मको नाममा नटुक्रिएर एकताबद्ध रह्यो भने भारतले अवश्य पनि सफलता पाउनेछ । भाषणकै क्रममा भारतीय गणतन्त्र दिवसमा प्रमुख अतिथि भएर आउने पहिलो अमेरिकी राष्ट्रपति बन्न पाउँदा आपूmलाई निकै गर्व महसूस भएको पनि उनले बताए । अडिटोरियममा रहेका २ हजार मानिसहरुलाई सम्बोधन गदै ओबामाले भने, सयवर्षभन्दा अघि भारतका पुत्र स्वामी विवेकानन्दको स्वागत अमेरिकाले गरेको थियो । उनले भाषणको सुरुवातमा भनेका थिए, मेरा प्यारा अमेरिकी भाईबहिनीहरु । म आज भन्छु, मेरा प्यारा भारतीय भाई बहिनीहरु । ओबामाले यति भन्ने बित्तिकै पूरै अडिटोरियममा ताली गडगडाएको थियो । शाहरुख खानको फिल्म डिडिएलजेको डायलग पनि निकै चर्चित बन्यो भाषणको क्रममा बोमामाले आपूmले मोटरसाईकल चढ्न चाहेको तर सुरक्षाकर्मीले नदिएको भन्दै थपे.. बडेबडे देशो मे… आप समझ गए होंगे मै क्या कहना चाहता हुँ । भाषणको क्रममा ओबामाले भने, म एउटा कुकको छोरा हुँ । जतिखेर म जन्मिएको थिएँ त्यतिबेला हामीले त भोट पनि हाल्न पाउँदैनथ्यौं । तर, हामी त्यस्तो व्यवस्थामा छौं जहाँ कुकको छोरा राष्ट्रपति बन्न सक्छ र चिया पसले प्रधानमन्त्री । उनको संकेत नरेन्द्र मोदितिर थियो ।