चीन र अमेरिकाबीच सुरक्षा वार्ता हुने, वार्ता पेन्टागनमा
चीन र संयुक्त राज्य अमेरिकाबीच सुरक्षा वार्ता हुने भएको छ । आगामी फेब्रुअरी महिनाको ५ तारिखमा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा सो वार्ता हुन लागेको बताइएको छ । अमेरिकी रक्षा मन्त्रालयले सो विषयमा जानकरी गराएको छ । पेन्टागनका प्रवक्ताले दिएको जानकारीअनुसार अमेरिकाका तर्फबाट सो वार्ताको नेतृत्व अमेरिकी उपसहायक रक्षामन्त्री डेभिड हेल्भीले गर्नुहुने छ । चीनको पनि राष्ट्रिय सुरक्षा मन्त्रालयलका सोही तहका मन्त्रीले सो वार्तामा प्रतिनिधित्व गर्नुहुने समाचारमा जनाइएको छ । सो वार्तामा विगतदेखि वर्तमानसम्मको चीन र अमेरिकाबीचको सैनिक सम्बन्ध एवम् सहयोग आदान प्रदानकासाथै आगामी दिनमा यी दुई देशको रक्षासम्बन्धी नीतिका बारेमा छलफल हुने जानकारी दिइएको छ ।