विपक्षी दलहरुलाई संविधानसभाबाटै समाधान खोजन देउवाको आग्रह


Nepals Prime Minister Sher Bahadur Deuba smiles after arriving for the First BIMST EC Summit in Bangkokनेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले विपक्षी दलहरूलाई संविधानसभाभित्रै समस्याको समाधान खोज्न आग्रह गर्नुभएको छ । पत्रकार सम्मेलनमा बोल्दै संविधानका विषयमा रहेका विमतिहरूलाई संविधानसभाभित्रबाटै समाधान गर्न एकीकृत नेकपा (माओवादी) सहितको विपक्षी मोर्चालाई आग्रह गर्नुभयो । शान्ति स्थापना र संविधान जारी गर्न नदिने षडयन्त्र विपक्षी मोर्चाले गरिरहेको आरोप लगाउँदै उहाँले मोर्चाको आन्दोलनलाई सहयोग नगर्न सर्वसाधारणलाई आग्रह गर्नुभयो । माओवादीसहितको मोर्चा सहमतिमा नआए पनि दुई तिहाइबाटै संविधान जारी गर्ने उहाँको भनाइ थियो । त्यसैगरी केही साताअघि डडेल्धुराको बागबजारमा भएको आगलागीको उहाँले स्थलगत निरीक्षण गर्नुभएको छ । नेता देउवाले आगलागी पीडितहरूलाई सक्दो सहयोगका लागि पहल गर्ने आश्वासनसमेत दिनुभएको छ । पीडितहरूलाई भेट गर्न उहाँ बिहान आगलागीस्थल बागबजार पुग्नुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?