आन्दोलन सफल बनाउन सबै नेताकार्यकर्तालाई जिल्ला पठाउने मधेसी मोर्चाको निर्णय, मोर्चामा विवाद हल्ला मात्रै


vijayaसंयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ३० दलीय गठबन्धनले घोषणा गरेको आन्दोलनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । सद्भावना पार्टीको कार्यालयमा आज बसेको मोर्चाको बैठकले आन्दोलनलाई सफल बनाउन सबै नेता कार्यकर्तालाई जिल्लामा खटाउने भएको छ । मोर्चाको एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले गठबन्धनद्वारा घोषित आन्दोलनका कार्यक्रमलाई प्रभावकारी बनाउने र त्यसको तयारीका लागि नेतालाई जिल्लामा पठाउने निर्णय गरेको  जानकारी दिनुभयो । केहीदिनयता मोर्चाभित्र देखिएको खटपटबारेको जिज्ञासामा उहाँले भन्नुभयो, “मोर्चामा कुनै विवाद छैन, जहाँसम्म मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्षजीसँग जोडिएको कुरा छ, त्यो उहाँको व्यक्तिगत धारणा हो, जुन उहाँले बैठकमा प्रष्ट पार्दै व्यक्तिगत धारणाबाट आत्तिनुपर्दैन भन्नुभएको छ ।” आन्दोलनसँगै वार्ता र संवादको ढोका बन्द नगर्ने, त्यसका लागि नेपाली काँग्रेस र एमालेले सहमतिको वातावरण बनाउनुपर्नेमा मोर्चाले जोड दिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?