महाशिवरात्री मूल समिति गठन, ५ सय ५१ जनाले व्यवस्थित बनाउने


pashupatinathसंस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री दीपकचन्द्र अमात्यको अध्यक्षतामा ‘महाशिवरात्रि व्यवस्था मूल समिति–२०७१’ गठन भएको छ । पशुपति क्षेत्र विकास कोषले आज यहाँ आयोजना गरेको बैठकले आउँदो फागुन ५ गते पर्ने महाशिवरात्रि पर्वलाई सफल तुल्याउन मन्त्री अमात्यको अध्यक्षतामा ५५१ सदस्यीय समिति गठन गरेको हो । बैठकले कोषका सदस्य–सचिव डा गोविन्द टण्डनलाई महाशिवरात्रि पर्व २०७१ कार्यसम्पादन समितिको संयोजकका रुपमा जिम्मेवारी दिएको छ । त्यसैगरी सुरक्षा व्यवस्था उपसमिति, दर्शन, चन्दन तथा मन्दिर प्राङ्गण व्यवस्था उपसमिति, प्रचारप्रसार व्यवस्था उपसमिति, साधुसन्त सेवा एवम् धार्मिक कार्यक्रम व्यवस्था उपसमिति, आवास, भोजन तथा भौतिक पूर्वाधार व्यवस्था उपसमिति, वातावरण तथा सरसफाइ व्यवस्था उपसमिति, स्वयम्सेवा परिचालन एवम् अनुगमन उपसमिति, स्वास्थ्य सेवा उपसमिति, अर्थ सङ्कलन तथा सःशुल्क दर्शन व्यवस्था उपसमिति र साजसजावट व्यवस्था उपसमिति गठन गरिएको छ । उक्त कार्यक्रममा मन्त्री अमात्यले विश्वका हिन्दूहरुले मनाउने महाशिवरात्रि पर्वमा पशुपति क्षेत्रमा आउने स्वदेशी तथा विदेशी भक्तजन तथा तीर्थयात्रीलाई राम्रो सेवा सुविधा पु¥याउन निर्देशन दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?