पाकिस्तानबाट पारमाणविक क्षमता भएको क्रुज क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण


missileपाकिस्तानले पारमाणविक क्षमता रहने क्रुज क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गरेको छ । पाकिस्तानका प्रतिद्वन्द्वी भारतले एक साता अगाडि अमेरिकासँग नयाँ नागरिक पारमाणविक सम्झौता गरेको थियो । पाकिस्तानी सेनाले घरेलु रूपमा विकास गरिएको ‘राद’ नामक तल्लो क्षेत्रभएर उड्ने क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण भएको र त्यो ३५० किलोमिटरको क्षेत्रसम्म सही रूपमा आक्रमण गर्नसक्ने तथा पारमाणविक वा परम्परागत क्षमता भएको क्षेप्यास्त्र भएको जानकारी दिएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले हालै नयाँ दिल्लीको भ्रमण गर्दा उक्त सम्झौता भएको थियो । त्यसले भारतमा नागरिक आणविक ऊर्जा सम्झौताको कार्यान्वयनमा सहयोग पु¥याउनेछ । उक्त सम्झौताको पाकिस्तानले भत्र्सना गरेको छ । इस्लामाबादले यस सम्झौताले दक्षिण एसियाको सुरक्षा अस्थिर बनाउने दाबी गरेको छ । अमेरिका तथा भारतले सन् २००८ मा ऐतिहासिक सम्झौता गरेका थिए र त्यसले भारतलाई नागरिक पारमाणविक प्रविधिमा पहुँच प्राप्त भएको थियो । पारमाणविक दुर्घटनाको समयमा भारतको दायित्वका विषयमा कडा कानुनप्रति अमेरिकाले चिन्ता व्यक्त गर्दै उक्त सम्झौताको कार्यान्वयन भने रोकेको थियो । भारत तथा पाकिस्तान दुवै पारमाणविक हतियार सम्पन्न मुलुक हुन् र उनीहरूले नागरिक पारमाणविक संयन्त्र स्थापना गरेका छन् । उनीहरू सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएपछि तीनपटक युद्धमा गएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?