विदेशमा रहेका नेपालीका लागि ‘अनलाइन मतदानको व्यवस्था गरिने’
निर्वाचन आयोगका सहसचिव वीरबहादुर राईले विदेशमा बसोबास गरिरहेका नेपालीलाई यहाँ हुने निर्वाचनमा अनलाइनको माध्यमबाट आफ्नो मत दिन पाउने व्यवस्था छिट्टै गरिने बताउनुभएको छ । जिल्ला निर्वाचन कार्यालय ललितपुरको आयोजनामा आयोजित मतदाता नामावली सङ्कलन तथा अधावधिक कार्यक्रम २०७१ विषयमा गरिएको अन्तक्र्रियामा उहाँले अनलाइन मतदानका लागि करिब एक दर्जन मुलुकमा यसबारे अध्ययन भइसकेको बताउनुभयो । “सो व्यवस्थाका लागि सर्वप्रथम विदेशमा रहेका नेपालीको नाम दर्ता गर्ने कार्य प्रारम्भ गरिने छ”–उहाँले भन्नुभयो । ललितपुर निर्वाचन अधिकारी सीता साम्बाले जिल्लामा छुटेका मतदातालाई मतदाता नामावली दर्ता गराउनका लागि यही माघ २२ गतेदेखि गाउँ र नगरका वडामा कार्यक्रम सञ्चालन गरिने र चैत पहिलो सातासम्म काम सम्पन्न गरिने जानकारी दिनुभयो । प्रजिअ यादवप्रसाद कोइरालाले मतदाता सङ्कलनका लागि राजनीतिक दलसँग सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै निर्वाचन सम्पन्न गर्न र सोपूर्व राजनीतिक दलसँगको परामर्श अनिवार्य गरिनुपर्ने बताउनुभयो ।