४ सय दिनको जेलयात्रापछि स्वदेश फर्किए अष्ट्रेलियन पत्रकार ग्रेस्टे, ब्रिसबेनमा पत्रकार सम्मेलन  


journalistईजिप्टको जेलमा ४ सय दिन बिताएका अष्ट्रेलियन पत्रकार पिटर ग्रैस्टे ब्रिसबेन आइपुगेका छन् । उनले आफ्ना परिवारसँगको मिलापको यो अवसरमा आपूm निकै खुशी भएको बताएका छन् । म भन्नै सक्दिन यो कति खुशीको क्षण हो । वितेको ४ सय दिनमा म चार सय पटकभन्दा बढी यहाँ आएँ तर आज सशरीर यहाँ आउँदाको क्षण वास्तवमै अलौकिक छ । उनले भनेका छन् । अल जजिराका निम्ति कार्यरत उनीसहित तीन जनालाई कालोसूचिमा रहेको मुश्लिम ब्रदरहुडलाई सहयोग गरेको आरोप लागेको थियो । गत आइतबार मात्रै राष्ट्रपतिले विशेष अधिकार प्रयोग गर्दै उनलाई छोड्ने आदेश दिएका थिए । उनले पत्रकारहरुलाई भने, यदि म छुट्न योग्य छु भने मेरा साथीहरु पनि जेलबाट छुट्न योग्य छन् । यो खुशीको क्षण हो र यस्तै क्षण उनीहरुको निम्ति पनि आउनु आवश्यक छ । प्रधानमन्त्री एबोटले आफ्ना समकक्षीलाई धन्यवाद ज्ञापन गरेका छन् भने रिहा भएका पत्रकार ग्रेष्टीले ब्रिसबेनमा आज विहान १० बजे पत्रकार सम्मेलनको आयोजना गर्दैछन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?