सहमतिको बाटो खोज्ने काम सत्तापक्षको भएको विजयकुमार गच्छदारको प्रतिक्रिया
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले सत्तापक्षका कारण सहमति बिथोलिएकाले पुनः सहमतिका लागि सत्तापक्ष अग्रसर हुनुपर्ने बताउनुभएको छ । उहाँले अन्तरिम संविधानको मर्म र भावना र विस्तृत शान्ति सम्झौतालगायत विगतमा भएका सहमतिका आधारमा सत्तापक्ष अग्रसर हुनुपर्ने धारणा प्रकट गर्नुभयो । उहाँले प्रश्नावली तयार गर्ने प्रस्ताव समितिले बहुमतका आधारमा काम अगाडि बढाएकाले द्वन्द्वको अवस्था उत्पन्न भएको उल्लेख गर्नुभयो । संविधानसभा बहिष्कार गर्ने, भाग नलिने र राजीनामा गर्ने कार्य आफूहरूबाट हुन नसक्ने जनाउँदै उहाँले यस विषयमा आपूmले १९ दलको बैठकमा धारणा राखेको र सहमतिका लागि सत्तापक्ष लचिलो हुनुपर्ने तथा विश्वासिलो आधार तयार भएपछि मात्र वार्ता हुनसक्ने बताउनुभयो । उहाँले सत्तापक्ष र प्रतिपक्ष दुई ध्रुवमा रहेको अवस्थाका कारण राजनीतिक द्वन्द्व र मुठभेडको अवस्था सृजना भएमा मुलुक गृहयुद्धमा फस्ने सम्भावना देखिएकाले आपूmले राखेको प्रस्तावलाई स्वीकार गरेर अगाडि बढ्नुपर्ने धारणा प्रकट गर्नुभयो । एउटा सङ्घीय राज्यको राजधानी विराटनगर हुनुपर्ने उल्लेख गर्दै मुलुकमा ६ देखि नौ सङ्घीय राज्य निर्माण गर्ने विषयमा आपूmहरू सहमत रहेको र यसलगायतका विषयमा ठूला दलबीच छलफल आवश्यक रहेको धारणा राख्नुभयो ।