आज संविधानसभाको बैठक, बैठक अघि राष्ट्रपति र प्रधानमन्त्रीबीच छलफल


koirala_yadavराष्ट्रपति डा रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालाबीच राष्ट्रपति निवासमा मुलुकको समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ । उहाँहरूबीच संविधानसभाको प्रश्नावली तयार गर्ने प्रस्ताव समितिले हालसम्म गरेका काम तथा भावी योजनाका साथै देशको वर्तमान अवस्थाबारे विचारविमर्श भएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले राससलाई बताउनुभयो । संविधानसभामा केही समयदेखि उत्पन्न गतिरोध र त्यसपछि गठन भएको प्रश्नावली निर्माण समितिले काम थालेको सन्दर्भमा राष्ट्रपतिलाई प्रधानमन्त्रीले अवगत गराउनुभएको बताइएको छ । अनिश्चितकालका लागि स्थगन भएको संविधानसभाको बैठक आज अपराह्न डाकिएकाले संविधान निर्माणका क्रममा प्रश्नावली समितिमा भएका प्रगतिबारे पनि प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?