म्यानमारमा विद्रोहीको आक्रमणमा ५० सैनिक मारिए


Myanmar armyचीन नजिकैको म्यानमारको उत्तरी सीमा क्षेत्रमा सैनिक र विद्रोहीबीच भएको झडपमा ५० सैनिकको मृत्यु भएको सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएको छ । म्यानमारमा प्रायः जातीय द्वन्द्वहरु जारी रहेको पाइन्छ । म्यानमारको सान राज्यमा गत चार दिनअघिदेखि हिंसा सुरु भएको जनाइएको छ । गत फ्रेबुअरी ९ बाट सुरु भएको सो हिंसामा कोकाङ्ग क्षेत्रबाट पनि चिनियाँ विद्रोहीहरु आएको जनाइएको छ । म्यानमारले यस झडपको विषयमा बेइजिङ्गलाई सूचना दिएको जनाइएको छ । कोकाङ्गको प्रान्तीय राजधानी लाउकाई चीनको सिमानादेखि केही किलोमिटर टाढा सो इलाकामा भएको यस झडपमा कोकाङ्ग लडाकूहरुले भारी हतियारलगायत मेसिनगन समेतले आक्रमण गरेको बताइएको छ । यस झडपको क्रममा सरकारी बलतर्फ ५० जनाको मृत्यु हुनुको साथै अन्य ७३ जना घाइते भएका जनाइएको छ । कोङ्गयान क्षेत्रमा बिहीबार एक सैनिक शिविरमा करिब २०० कोकाङेग विद्रोहीले आक्रमण गरेको बताइएको छ । सो क्षेत्रमा यसअघि पनि विद्रोहीले आक्रमण गर्ने गरेका थिए । तर पछिल्लो समयमा भने त्यहाँ हिंसाको कुनै पनि सूचना प्राप्त नभएको बताइएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?