सहमति नभए घोषित आन्दोलन विद्रोहमा परिणत हुन्छ – एमाओवादी उपाध्यक्ष श्रेष्ठ


narayankajiपूर्व उपप्रधानमन्त्री तथा एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सत्ताधारी दलले सहमति नगरे आन्दोलन जनविद्रोहमा परिणत हुने चेतावनी दिनुभएको छ । विराटनगरमा पार्टी निकट बुद्धिजीवीहरूसँग भेटघाट गर्दै उपाध्यक्ष श्रेष्ठले आफूहरूले सहमतिका लागि दबाबमूलक ढङ्गले आन्दोलन घोषणा गरेको बताउनुभयो । उहाँले दशवर्षे जनयुद्ध र दोस्रो जनआन्दोलनको उपलब्धि संस्थागत गर्न संविधानसभा आवश्यक भएको बताउँदै सहमतिमा नभई बलपूर्वक संविधान जारी गरिए पहिचान पक्षधरहरूले आन्दोलनलाई विद्रोहमा परिणत गर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले आफूहरूले जातीय प्रदेशको कुरा कहिल्यै नगरेको तर पहिचान विरोधीले भ्रामक हल्ला फैलाएर पहिचानलाई जातीयता हो भनेर जनतालाई अल्मल्याइरहेको पनि बताउनुभयो । घोषित ३० दलको आन्दोलन संविधान जारी गर्नकै लागि भएको तर सत्ताधारी दलबाट बहुमतीय प्रक्रिया रोक्ने जानकारीसहितको वक्तव्य आएमा आफूहरू वार्तामा बस्न तयार रहेको जानकारी पनि उहाँले दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?