उपप्रधानमन्त्री प्रकाशमान सिंहले सुरु गरे भक्तपुरको दोस्रो ईलेक्ट्रोनिक्स एक्सपो
भक्तपुर विद्युतीय सामाग्री व्यवसायी संघले दोश्रो पटक आयोजना गरेको पाँचदिने ईलेक्ट्रोनिक्स एक्स्पो—२०१५ को उपप्रधानमन्त्री प्रकाशमान सिंहले सुरुवात गरेका छन् । भक्तपुरमा आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धन गर्ने र उपभोक्तालाई एकै थलोबाट विभिन्न प्रकारका विद्युतीय सामाग्रीहरु विशेष सहुलियतमा उपलब्ध गराउने उदेश्यले भक्तपुर बहुमुखी क्याम्पसको प्राङ्गणमा एक्स्पोको आयोजना गरेको हो । एक्स्पोमा विभिन्न ब्राण्डका मोबाइल, एलइडि टिभि, लाईट, फ्रिज, वासिङ्ग मेशिन, एसी, कुकिङ्ग रेञ्ज, कम्प्युटर, ल्यापटप, माईक्रोओभन लगायत ३ सय भन्दा बढी ब्राण्डका विद्युतीय सामाग्रीहरु बिक्रीका लागि राखिएको छ । यसैगरी मेलामा भक्तपुरमा उत्पादित विभिन्न हस्तकलाका सामाग्रीहरु, रेडिमेट कपडा, लगायतका सामाग्रीको समेत स्टलहरु पनि छन् । एक्स्पो अबधीभर उपभोक्ताका लागि बिभिन्न सामानहरुको खरिदमा १० प्रतिशतदेखि ५५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको छ । एक्स्पोेमा १०० भन्दा स्टल रहेको छ जसमा ७० भन्दा बढी स्टल विद्युतीय सामाग्रीको छ ।