संविधानका विवादित विषयमा सहमति जुट्न अझै चार पाँच महिना लाग्ने, सहकार्यबाटै संविधान लेखनको काम पूरा गरिने बामदेव गौतमको भनाई


Rss_Images_1424173247511_KK-Ktm-Bramakumari (2)उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले चार÷पाँच महिनाभित्र संविधानका विवादित विषयमा सहमति जुट्ने विश्वास व्यक्त गर्नुभएको छ । महाशिवरात्रिका अवसरमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले आज यहाँ आयोजना गरेको ‘महापरिवर्तनका लागि परमात्म शक्ति’ विषयक प्रवचनको समापन समारोहमा उहाँले मुलुकलाई शान्ति र समृद्धितर्फ लैजान सहमति र सहकार्यबाटै संविधान लेखनको काम पूरा गर्ने बताउनुभयो । उपप्रधानमन्त्री गौतमले भन्नुभयो, “नेपाल विभिन्न जातजाति, भाषाभाषी, धर्म मान्नेहरूको बसोवास भएको देश हो, यस्तो देशमा शान्ति, समृद्धि र सद्भावको विकास गर्न शान्तिपूर्ण तरिकाले सहमति र वार्ताका आधारमा काम गर्नुपर्छ ।” उहाँले धार्मिक क्षेत्रमा लागेका व्यक्तिहरूले पनि आन्दोलन, बन्द र हडतालभन्दा पनि सहमतिबाट संविधान जारी गर्न लगाउन शान्तिपूर्ण दबाब दिनुपर्ने बताउनुभयो । ब्रह्मकुमारी राजयोग दिदीले समाजमा एकता र शान्ति बनाइराख्न भगवान् शिवको स्मृति जरुरी भएको बताउनुभयो । यसअघि, केन्द्रले उपत्यकाका विभिन्न छ ठाउँबाट शान्ति पदयात्रा निकालेको थियो । केन्द्रको केन्द्रीय कार्यालय ठमेलबाट निकालिएको पदयात्रा यात्रा क्षेत्रपाटी, खुसिबुँ, असन, जमल, घन्टाघर हुँदै कमलादीमा आएर समापन भएको थियो । पदयात्राको शुभारम्भ गर्दै कानुनमन्त्री नरहरि आचार्यले गर्नुभएको थियो । यसैगरी तीनकुने, चाबहिल, सातदोबाटो, रानीबारी र कलङ्कीबाट पदयात्रा निकालिएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?