शनिबार विराट गोल्डकप फाईनलमा त्रिभुवन आर्मी क्लब र झापा ११ बीच भिडन्त


P547814145.football-ground.162153lविराटनगरमा जारी विराटगोल्ड कप फुटबल प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लव  फाइनलमा पुगेको छ । खेलमा लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लवलाई टाईब्रेकरमा ४–२ ले पराजित गर्दै त्रिभुवन आर्मी क्लव फाइनलमा पुगेको हो ।  खेल सुरु भएको पाँचऔं मिनेटमा मनाङ मस्र्याङ्दीका लियोनेस डोडोजले पहिलो गोल गरी मनाङ मस्र्याङ्दीलाई अग्रता दिलाएका थिए । तर, मध्यान्तरपछिको ३० आँै मिनेटमा आर्मीका नवयुग श्रेष्ठले गोल गरी बरावरीमा खेललाई ल्याउन सफल भए । निर्धारित समयमा खेल बराबरी भएपछि अतिरिक्त समय थपिएको थियो । सो अतिरिक्त समयमा पनि कुनै गोल हुन नसकेपछि टाइब्रेकरबाट आर्मी फाइनलमा पुगेको हो ।   लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लवले फाइनलका लागि भएको खेलमा पराजित भएपनि रु एक लाखको पुरस्कार पाएको छ । पहिलो पटक विराट गोल्डकपमा पहिलो चरणमा हार्नेलाई रु ३० हजार र दोस्रो चरणमा हार्नेलाई रु एक लाख पुरस्कारको व्यवस्था गरिएको छ । त्रिभुवन आर्मी क्लव र झापा–११ बीच शनिबार सहिद मैदानमै फाइनल खेल हुनेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?