प्रचण्डले वार्ताबाट भाग्न असुरक्षित भएको बहाना बनाएको एमाले सचिव ज्ञवालीको दाबी
नेकपा ९एमाले०का सचिव प्रदीप ज्ञवालीले प्रचण्डले वार्ता र सहमतिबाट भाग्दै सस्तो लोकप्रियता कमाउन एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफू असुरक्षित रहेको बाहना बनाएको बताउनुभएको छ । उहाँले दाहालले सस्तो लोकप्रियता बनाउन र वार्ताबाट भाग्न आफ्नो सुरक्षा नभएको ‘प्रपोगाण्डा’ मच्चाएको बताउनु भएको हो । दाहाल विभिन्न बहानामा वार्ता र सहमतिबाट भाग्दै गएको आरोप लगाउँदै उहाँले आफू असुरक्षित रहेको बाहना वार्ता र सहमतिमा नआउने चाल मात्र भएको टिप्पणी गर्नुभयो । एमाओवादी अध्यक्ष दाहालको सिको गर्दै पूर्व राजा ज्ञानेन्द्र शाहले पनि ‘इमोसनल ब्ल्याकमेल’ गर्न दलहरुसँगको सहमतिको प्रसङ्ग कोट्याएको जिकीर गर्नुभयो । एमाओवादी नेतृत्व मोर्चा वार्ता र सहमतिप्रति इमान्दारी नभएको चर्चा गर्दै ज्ञवालीले भन्नुभयो, ‘‘प्रधानमन्त्रीले दुई–दुईपटक वार्ताका लागि आह्वान गर्नुभयो, उनीहरुले भनेजस्तै गरी संविधानसभा निश्चित समयका लागि स्थगन पनि भयो तर पनि वार्ताका लागि एकपछि अर्को बहाना बनाउनुले उनीहरुको इमान्दारिता र संविधान निर्माणप्रतिको बफादारिताबाट भाग्दै गएको प्रष्ट देखिन्छ ।’’ उहाँले एमाओवादी नेतृत्व मोर्चाको अन्दोलन घोषणाले राजनीतिक सङ्क्रमण लम्बिँदै गएको चर्चा गर्नुभयो । प्रतिपक्षलाई सहमतिका लागि अब धेरै नकुर्ने बताउँदै सचिव ज्ञवालीले वार्तामा नआए संविधानसभाको प्रक्रिया अगाडि बढाएर भए पनि संविधान जारी हुने बताउनुभयो ।