फागुन १६ गते माओवादीको बेहाल हुन्छ – सञ्चारमन्त्री डा रिजाल


Rijalसरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले आन्दोलनको घुर्की लाउँदै हिँडेका विपक्षीको फागुन १६ गते बेहाल हुने बताउनुभएको छ । सहमतिका लागि संवाद गर्न छोडेर हिँडेका माओवादीको पक्षमा जनता नरहेको भन्दै मन्त्री रिजालले फागुन १६ को आन्दोलनको स्थितिले विपक्षीलाई नै अप्ठ्यारो पार्ने बताउनुभएको छ । सदरमुकाम सल्लेरीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री डा रिजालले विपक्षीसँग कुनै पनि हालतमा सशर्त वार्ता नगर्ने भन्दै निःशर्त वार्तामा आए लचकदार रुपमा प्रस्तुत हुन सत्तापक्ष तयार रहेको बताउनुभयो । वास्तविक आन्दोलन गर्न माओवादीको सामथ्र्य नरहेको भन्दै विपक्षीहरू घुँडा टेकेर प्रक्रियामा आउने मन्त्री डा रिजालको भनाइ थियो । पत्रकारको एक जिज्ञासामा मन्त्री रिजालले माओवादीलाई धेरै नकुर्ने भन्दै प्रक्रियामै गएर भए पनि चार–पाँच महिनाभित्र मुलुकलाई लोकतान्त्रिक संविधान दिने ठोकुवा गर्नुभयो । माओवादी सहमतिमा आएका खण्डमा दुई महिनाभित्रै सहमतीय संविधान आउने र त्यसो हुन नसके पाँच महिनाभित्रै जुनसुकै हालतमा संविधान जारी गर्ने उहाँको दाबी छ । कार्यक्रममा नेपाली काँग्रेसका नेता समेत रहनुभएका डा रिजालले माओवादीको नेतृत्वले गिरिजाबाबु बाँचुञ्जेल काँग्रेसलाई सत्तोसराप गरेको तर मरेपछि गुणगान गाएर दोहोरो चरित्र उदाङ्गो गरेको आरोप लगाउनुभयो । संविधान जारी नहुञ्जेलसम्म काँग्रेस– एमालेको गठबन्धन नटुट्नेसमेत दाबी गर्दै उहाँले लोकतान्त्रिक शक्तिबीचको एकता अझै दरिलो हुने स्पष्ट पार्नुभयो । एक फरक प्रसङ्गमा सञ्चारमन्त्री रिजालले चाँडै नै सरकारले गाउँगाउँमा तीव्र गतिको इन्टरनेट र अप्टिकल फाइबर पु¥याउनेसमेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?