जापानले सोह्र अर्ब वर्षसम्म सही समय दिने घडी बनायो, आणविक घडीलेभन्दा राम्रो समय दिने
जापानका अनुसन्धानकर्ताहरुले १६ अर्ब वर्षमा मात्र एक सेकेन्ड ढिलो हुने एक जोडी घडी तयार गरेको दाबी गरेका छन् । समान्यतया यस घडीले पृथ्वीको उत्पत्तिपछिका वर्षभन्दा पनि बढी अवधि सही समय दिनसक्छ । ‘‘क्रायोजेनिक अप्टिकल जालिदार घडी’’ नाम दिइएको यो घडी वास्तवमै राम्रो भने देखिँदैन । यो घडी सामान्य भित्ते घडी भन्दा दुई डेस्कटप कम्प्युटर जस्ता देखिन्छन् ।यी घडीले निकै सही समय दिन्छन् । त्यसको सहीपनालाई हालसम्मको प्रविधिले मापन गर्न नसकिने बताइन्छ । टोकियो विश्वविद्यालयका प्राध्यापक हिदेतोसी कातोरीले नेतृत्व गर्नुभएको अनुसन्धान समूहले यस घडीले आणविक घडीले भन्दा पनि राम्रो समय दिने विश्वास गर्नुभएको छ । हाल सेकेन्डको सही समय दिन यो घडी प्रयोग गरिएको छ । यस घडीका विषयमा नेचर फोटोनिक्स नामक पत्रिकाको यस महिनाको संस्करणमा लेख प्रकाशन भएको छ । यसमा रेखा जस्तो संरचनामा स्ट्रोनचियमका अणु प्राप्त गर्ने विशेष लेजर प्रयोग गरिएको जानकारी दिइएको छ । यसपछि यस घडीले अणुको कम्पनका पटक मापन गर्छ र त्यसलाई आणविक पेन्डुलमको रुपमा उपयोग गर्छ । यो प्रविधि निकै जटिल भएकाले करिब माइनस १८० डिग्री सेल्सियसमा यसलाई सञ्चालन गर्न सकिन्छ । यसले वरपरको इलेक्ट्रोम्यानेटिक तरङ्गको प्रभाव कम गर्ने र मेसिनको सहिपनालाई नियमित राख्ने धारणा उक्त समूहले व्यक्त गरेको छ । अनुसन्धानकर्ताहरुले उक्त दुई घडीलाई एक महिनासम्मसँगै राखेका थिए र त्यसमा एक सेकेन्डको ढिलाई आउन १६ अर्ब वर्ष लाग्ने अनुमान गरेका थिए । यो घडी सिजियम आणविक घडीभन्दा पनि सही देखिएको थियो । हाल सेकेन्डको परिभाषा गर्न सिजियम घडी प्रयोग गरिन्छ । यो घडीले तीन करोड वर्षमा एक सेकेन्डको गल्ती गर्छ । यस प्रविधिलाई स्याटलाइटमा विश्वको स्थान पत्ता लगाउने प्रणाली तथा सञ्चार सञ्जालमा प्रयोग गर्न सकिन्छ । यसलाई सही प्रविधिको आधारको रुपमा प्रयोग गर्न सकिने उक्त समूहको धारणा छ । यस सुधारिएको सही प्रविधिले सेकेन्डलाई परिभाषा गर्न अझै सजिलो बनाउने आशा गरिएको बताइएको छ ।