काठमाडौंमा एमाओवादीको वाईसीएल लाठी जुलुस, बहुमतको आधारमा नबढ्न सरकारलाई चेतावनी


???????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????? सहमतिमा संविधान जारी गर्नुपर्ने र विगतका सम्झौताको अक्षरश कार्यान्वयन हुनुपर्ने माग गर्दै एकीकृत नेकपा(माओवादी)को युवा सङ्गठन योङ कम्युनिस्ट लिग(वाइसिएल)ले प्रदर्शन गरेको छ । राजधानीको भृकुटीमण्डपबाट सुरु भएको प्रदर्शन सहिदगेट, सुन्धारा, जमल, पुतलीसडक हुँदै शान्तिवाटिकामा पुगेर समापन भएको थियो । प्रदर्शनको नेतृत्व एमाओवादीका स्थायी समिति सदस्य जनार्दन शर्माले गर्नुभएको थियो । सत्तारुढ दलले विगतका सहमति भुलेको र जवरजस्ती बहुमतको आधारमा अगाडि बढेको भन्दै युवाको प्रदर्शन गरिएको नेता शर्माको भनाइ छ । दलहरुबीच भएको बाह्रबुँदे सहमति, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता र विभिन्न पक्षबीच भएको सहमतिका आधारमा संविधान लेखन प्रक्रियालाई अगाडि बढाउनुपर्नेमा संविधानसभालाई नियमित संसद् जस्तो बनाउन खोजिएकाले त्यसको प्रतिवाद गरिएको वाइसिएलका उपत्यका संयोजक रामप्रसाद सापकोटाको भनाइ छ । सहमतिमा सबै पक्षको भावना समेटिएको संविधान जारी गर्न दबाब दिने र यही फागुन १६ गतेको प्रदर्शनलाई व्यवस्थित बनाउने पूर्व अभ्यासस्वरुप प्रदर्शन गरिएको वाइसिएलको भनाइ छ । ???????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????
एसिड आक्रमणकारीलाई तत्काल पक्राउ गर्न माग गर्दै धर्ना
यस्तै एमाओवादी निकट अखिल (क्रान्तिकारी)ले सङ्गीता मगर र सीमा बस्नेतमाथि गरिएको एसिड आक्रमणको विरोध गर्दै जिल्ला प्रशासन कार्यालय बबरमहलमा धर्ना दिएका थिए । उनीहरुले एसिड आक्रमणकारीको खोजविन गरी कारबाही गर्न र पीडितको निःशुल्क उपचार गर्न तथा आजीवन भरणपोषण गर्न माग गरेका थिए । काठमाडौँ महानगरपालिका–२७ वसन्तपुरमा यही फागुन १० गते अज्ञात व्यक्तिले एसिड आक्रमण गर्दा मगर र बस्नेत घाइते हुनुभएको थियो । वसन्तपुरको झाँेछेस्थित ‘ए माइनस प्लस ट्युसन सेन्टर’भित्र बसिरहेको अवस्थामा उनीहरूलाई अपरिचित व्यक्तिले एसिड प्रहार गरेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आक्रमणबाट रामेछाप खनियाँपानी–८ घर भई वसन्तपुर बस्ने १६ वर्षीया सङ्गीता मगर र रौतहट पौराही–१ घर भई सोही स्थानमा बसोबास गर्दै आएकी १५ वर्षीया सीमा बस्नेत घाइते भएका थिए । जिल्ला प्रशासन कार्यालय अगाडि दिइएको धर्नामा प्रहरी प्रशासनले आक्रमणकारी खोज्न ढिला गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए । आक्रमणमा सुश्री मगरको छाती, पेट र खुट्टा पोलेको र बस्नेतको अनुहार जलेको छ । मगरको वीर अस्पताल र बस्नेतको सिनामङ्गलस्थित काठमाडौँ शिक्षण अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले भने आक्रमणकारीको व्यापक खोजी भइरहेको जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?