कारवाही फुकुवा लगत्तै सुजाताले भनिन्, महाधिवेशनमा पदाधिकारी पदमा उठ्छु


sujataनेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीको आगामी महाधिवेशनमा आपूm पदाधिकारीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । विराटनगरमा पत्रकारहरूसँगको भेटघाटमा उहाँले सो महाधिवेशनमा सुशील कोइराला पुनः सभापतिमा लागि उम्मेदवारी दिनुहुने विश्वास व्यक्त गर्दै आपूm कोषाध्यक्षदेखि उपसभापतिसम्मको कुनै एक पदका लागि उम्मेदवारी दिने जानकारी दिनुभयो । नेपाली काँग्रेस, नेकपा(एमाले) छिटोभन्दा छिटो सहमति गराएर संविधान जारी गराउन प्रयत्नशील रहेको चर्चा गर्दै नेत्री कोइरालाले यस कार्यका लागि स्वयम् प्रधानमन्त्री र एमालेका अध्यक्ष केपी ओलीलगायतका नेताहरूको प्रयास जारी रहेको उल्लेख गर्नुभयो । उहाँले संविधान जारी गर्न नदिएर सरकारलाई असफल बनाउन षडयन्त्र भइरहेको प्रसङ्ग उल्लेख गर्दै नेत्री कोइरालाले वर्तमान सरकारले नै षडयन्त्रलाई चिर्दै संविधान जारी गर्ने विश्वास व्यक्त गर्नुभयो । वर्तमान सरकारले शान्ति प्रक्रियालाई अगाडि बढाएको उल्लेख गर्दै सहमतिमा संविधान जारी गर्नका लागि एकीकृत माओवादीलाई लचिलो हुन सुझाव दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?