भारत र पाकिस्तान सम्बन्ध सुधार गर्न विदेशसचिव सुब्राहमान्यनले पाकिस्तान भ्रमण गर्ने


indiaएक प्रमुख भारतीय कुटनीतिज्ञले आगामी मार्च ३ मा पाकिस्तानको भ्रमण गर्न लाग्नुभएको समाचार छ । दुई देशबीच चलिरेहेको तनावबीच उच्चस्तरीय अधिकारीको यो पहिलो भ्रमण भएको बताइएको छ । भारतीय विदेश सचिव सुब्राहमान्यन जयशङ्कर इस्लामाबादमा हुने छलफलमा भाग लिनका लागि त्यहाँ जान लाग्नुभएको बताइएको छ । इस्लामाबादपछि उहाँले भुटान बङ्गलादेश र अफगानिस्तानको भ्रमण गर्न लाग्नुभएको बताइएको छ । यसै महिनाको सुरुमा भारतीय उच्चस्तरीय व्यक्तित्वको भ्रमणको घोषणा गरिएको थियो । त्यसपछि विदेश मन्त्रालयले भ्रमणको मिति तय गरेको हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना समकक्षीलाई टेलिफोन गरी पाकिस्तानी क्रिक्रेट समूहलाई वल्र्डकपमा विजयको कामना गर्नुभएपछि सो भ्रमण तय भएको जनाइएको छ । लामो समयदेखि अवरुद्ध रहेको पाकिस्तान र भारतको सम्बन्धमा मोदीको टेलिफोनबाट नयाँ आयाम थपिएको र दुई देशका विदेशमन्त्रीबीच पनि आणविक वार्ता हुने जनाइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?