डुङ्गा दुर्घटनामा मृत्यु हुनेको संख्या ७६ पुग्यो, बंगलादेशमा शोक


Bangladesh Ferry Caps_Cham640360022315बङ्गलादेशको मध्य भागमा रहेको माणिकगञ्ज जिल्लामा गत आइतबार भएको एक डुङ्गा दुर्घटनामा मृत्यु हुने व्यक्तिको सङ्ख्या ७६ पुगेको अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । बङ्गलादेशको पदमानामक नदीमा आइतबार एक मालवाहक जहाजसँग एक डुङ्गा ठक्कर खाँदा भएको दुर्घटनाबाट थप सात व्यक्तिको शव निकालिएपछि सो सङ्ख्या ७६ पुगेको बताइएको छ । सो डुङ्गामा सवार रहेका व्यक्तिमध्ये ५० जनाले पौडी खेलेर ज्यान बचाएका र ३० व्यक्तिलाई उद्धार गरिएको प्रहरी र उद्धारकर्ताले बताएका छन् । डुङ्गा बङ्गलादेशको एक प्रमुख सवारीको साधन हो तर पनि डुङ्गामा सवार व्यक्तिको सामान्यतया सूची राख्ने चलन भने त्यहाँ छैन । जसका कारण यस्ता दुर्घटनामा के कति नागरिक हताहत हुन्छन् भन्नेबारेमा थाहा पाउन निकै कठिन हुने गर्दछ । उक्त डुङ्गा राजबारी जिल्लाबाट माणिकगञ्जको पतुरिया नगरतर्फ गइरहेको बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?