अष्ट्रेलियामा निर्माण गरिएको मेरो देशको झण्डा सार्वजनिक, वल्र्ड प्रिमियर सिड्नीबाट


jhanda22किरण भण्डारीको लेखन र संगीतमा बनेको गीत मेरो देशको झण्डाको म्युजिक भिडियो अष्ट्रेलियाको सिड्नीमा सार्वजनिक गरिएको छ । हाम्रो ईष्न्टिच्यूट अफ विजनेस टेक्लोलोजी, हाम्रो कलेजको सहकार्यमा सार्वजनिकीकरण समारोहमा नेपाली समूदायका अग्रजहरु उपस्थित हुनुहुन्थ्यो ।
सन्तोष गुरुंगले भिडियो निर्माणमा संयोजनकारी भूमिका खेल्नुभएको छ भने म्युजिक भिडियोको निर्माण निर्देशन नेपाली टच अष्ट्रेलियाले गरेको हो । नेपाली टच अष्ट्रेलियाका दिपेश पुनले कार्यक्रमपछि प्रतिक्रिया दिँदै भन्नुभयो, किरणजीले हामीसँग मिलेर भिडियो गर्ने प्रस्ताव गर्नुभएको थियो । यो गीत सुनिसकेपछि हामीले यसलाई बनाउने निर्णय गर्र्यौ । सन्तोष गुरुंगले कन्सेप्ट बनाउनुभयो । र, नेपाली टचको टिम नै बसेर कन्सेप्ट शेयर गरेर काम गर्दा सुटिंग गर्न पनि रमाइलो भयो । गीत राम्रो बनेको छ । यसलाई सबैले सुनिदिनुहुनेछ र मन पराईदिनुहुनेछ भन्ने आशा छ ।
यस गीतमा अष्ट्रेलिया निवासी ६ जना गायक गायिकाले आफ्नो स्वर दिनुभएको छ । गायकमध्येकै एक ईश्वर पोखरेलले भन्नुभयो, वास्तवमा यो विदेशमी भूमिमा प्रायः राष्ट्रिय गति एकदमै कम बन्छन् । यो गीत किरण भण्डारीजीले एकदमै राम्रो कम्पोज गर्नुभएको छ । यसमा नेपालीलाई एकताबद्ध बनाउने सन्देश छ । यहाँ विदेशमा बसेपछि नेपाल र नेपालीको माया कति लाग्छ भन्ने कुरा गीतले व्याख्या गरेको छ ।
यस्तै गायक राजकुमार गोश्वामीले विदेशमा रहेका नेपालीकै बीचमा पनि यसले चेतना फैलाएको बताउनुभयो । यस्तो गीत गाउन पाउँदा भाग्यमानी महसूस गरेको गोश्वामीको भनाई छ ।
Deshko jhandaअर्का गायक नरेन्द्र कुलुंगले नेपाली भावना बोकेको यो गीत सबैले सुनिदिनुहोला भन्ने आह्वान गर्नुभयो ।
संगीतकार तथा गीतकार किरण भण्डारीले नेपाली झण्डाको विषयमा बनाइएको यो गीत तीन चार वर्षअघि जब झण्डा परिवर्तन गर्नुपर्ने विषयमा बहस भएको बेलामा लेखेको बताउनुभयो । भण्डारीको भनाई छ, मलाई त्यतिबेला यो बहस चित्त नै बुझेन र यो गीत लेखे । त्यसपछि म जस्तै अरु पनि होलान् भन्ने हिसाबले जनचेतना जगाउन चाहन्थें । गीत बनेपछि धेरैले सहयोग गर्नुभयो र ६ जना गायकहरुले यसलाई गाउनुभयो । यसपछि म्युजिक भिडियो बनाउने योजना बनेको थियो ।
गीतमा नरेन कुलुंग, राजेश केसी, विश्वास श्रेष्ठ, ईश्वर पोखरेल, राजकुमार गोश्वामी, सुजाता उपाध्याय मानन्धरको आवाज सुन्न सकिन्छ । गीतको भिडियो युट्युबमा शनिबार मात्र रिलिज गरिएको छ । हेर्नुहोस् भिडियो

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?