अष्ट्रेलियन व्याट्सम्यान फिलिप हृयूजको सम्झनामा अप्रिल ११ मा मैत्रीपूर्ण क्रिकेट खेल काठमाडौंमा हुने
अष्ट्रेलियन ब्याट्सम्यान फिलिप हृयूजको सम्झनामा नेपाल र अष्ट्रेलियाबीच अप्रिल ११ मा काठमाडौंमा खेल हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानले खेलको मिति घोषणा गरेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा खेल हुनेछ । खेल जम्मा ६३ ओभरको हुनेछ । दुबै टीमले ३१.३ ओभरको इनिङ खेल्नेछन् । क्यानले एक जना सिनियरसहितको टीम पठाउन क्रिकेट अष्ट्रेलियासँग लबिङ गरिरहेको छ । ब्रेट ली वा अन्य कुनै सिजियर प्लेयरसहितको टीम नेपाल जाने सम्भावना रहेको बताइएको छ। हृयूजको ब्याट र जर्सी सगरमाथामा लैजाने प्रक्रिया समेत अघि बढेको छ। क्यानकी कार्यकारी अधिकृत भावना घिमिरेले अहिले नै उक्त खेलको टिकट माग भइसकेको भन्दै उक्त दिन कीर्तिपुर मैदान दर्शकले भरिने विश्वास व्यक्त गरेकी छन् । नोभेम्बर २५ मा भएको घरेलु लिग क्रिकेटका क्रममा हृयुज ६३ रनमा अविजित रहेका बेला बाउन्सरले लागेर क्रिजमै ढलेका थिए । उनको उपचारका क्रममा निधन भएको थियो ।