देशका विभिन्न ठाउँमा हिमपात


?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????तीन दिनदेखि परेको झरीका कारण इलामलगायत उत्तरी क्षेत्रमा हिमपात भएको छ । वर्षासँगै सन्दकपुर, जौबारी, मेघमा, कालपोखरीलगायत पाँचथरको फालुङ, चारराते, ताप्लेजुङको पाथीभरा, कालपोखरी क्षेत्रमा बाक्लो हिमपात भएको छ । जिल्लाका अन्य धेरै भागमा तुषारो परेको छ । हिमपात सुरू भएपछि चिसो बढेको जमुनाका मनोज भट्टराईले बताउनुभयो । चिसोसँगै त्यस क्षेत्रको जनजीवनसमेत कष्टकर बनेको छ । वर्षाका कारण आलुबाली, किबी, सागसब्जी, अलैँचीखेती गर्ने किसान उत्साहित भएका छन् । गर्मी सुरु हुने मौसम भए पनि हिउँ परेकाले जनजीवन कष्टकर बनेको भट्टराईले बताउनुभयो ।
यसैबीच, आइतबारदेखि हुम्लामा लगातार हिउँ परिरहेको छ । हिउँ जमेर करिब चार फिट भएको छ । जिल्लाका अधिकांश कार्यालयमा सेवाग्राहीहरू पुगेका छैनन् । उत्तरी भेगमा पर्ने लिमेलगायत तिब्बतसँग सीमा जोडिएका गाविसका जनता सदरमुकाम आउनसकेका छैनन् । स्थानीय जनताले गोठमा भएका गाई बाख्रालाई पनि बाहिर चराउन लैजान सकिरहेका छैनन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?